दमक आसपास १० हजार सवारी कारवाहीमा

दमक,१० जेठ । ट्राफिक प्रहरी कार्यालय दमकले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ट्राफिक सवारी नियम उलङघन गर्ने ९ हजार वढी सवारी साधनहरुलाई कारवाही गरि रु ६४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक दधिराम दाहालका अनुसार चालु वर्षको १० महिनामा दमकसहित केर्खा, गौरादह र गौरीगञ्जका ट्राफिक प्रहरी पोष्टबाट रु रु ६४ लाख १० हजार ५ सय संकलन भएको हो...

...विस्तृतमा पढ्नुहोस्

शिक्षिकाको कुटाईबाट झापामा एक बालिकाको कानको जालि फुट्यो

शिक्षिकाको कुटाईबाट झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोर्र्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । एस्तर सो विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन । सोमबार विद्यालय छुट्टी हुने समयमा बालिकाले कुटाइ खाएको र सोही कुटाईबाट कानको जाली फुटेको पीडित बालिकाकी आमा दुर्गा राईले गुनासो गर्नुभयो। विद्यालय छुट्टिभएपछि बेलुका छोरीले कान दुख्यो भनिन तर वास्तागरिन बिहान हेर्दा छोरीको...

...विस्तृतमा पढ्नुहोस्

रंगशालाका बारेमा सरोकारवालापक्ष संग अन्तरकृया

दमक,१०जेठ । झापाको कमल गाँउपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले विहिबार रंगशालाका बारेमा सरोकारवाला हरुसंग अन्तरकृयाको आयोजना गरेको छ ।  रंगशालाका वारेमा भईरहेका गतिविधिहरुका सम्बन्धमा विस्तृत जानकारी दिने उद्देश्यले सरोकारवालाहरुसंग अन्तरकृया गरिएको महासचिव दिपेनवाला राईले जानकारी दिए । स्थानीय नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको सभाहलमा आयोजना गरिएको अन्तरकृयामा सहभागिहरुले आदिवासी ,जनजातिहरुको पहिचानसंग जोडिएको रंगशालालाई कुनै पनि हालतमा बनाउन जुट्नु पर्ने औल्याए । अन्तरकृयामा...

...विस्तृतमा पढ्नुहोस्

जनप्रतिनिधिले धनकुटामा तिरिदिए विद्यालयको ऋण

धनकुटा नगरपालिका वडा नम्बर तिनका बडाध्यक्ष बिकास घिमिरेले अहिले सम्म आफु प्राप्तगर्ने सरकारी सेवा सुबिधावाट स्थानीय एक बिद्यालयको ऋण तिरिदिनु भएको छ । घिमिरेले ज्वालादेबी अधारभुत बिद्यालय ब्यबस्थापन गर्दा लागेको तिन लाख १८ हजार रुपैया आफुले प्राप्त गरेको परिश्रमीक बाट तिरिदिएको हो । अहिले धनकुटा नगरपालिकाले वडाध्यक्षहरुलाइ मासिक १३ हजार ८ सय रुपैया को ब्यबस्था गरेको छ । उनले बिद्यालयको लागि तिरेको ऋण उनको २३ महिना...

...विस्तृतमा पढ्नुहोस्

रतुवामाईको सौठामा अस्पताल बन्ने

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच नगरप्रमुख रविन राईले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगरप्रमुख राईले अस्पताल स्थापना भएसगै यस क्षेत्रका जनताको उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता हट्नुका साथै अन्यत्रका बिरामी यस अस्पतालमा आउने बताउनुभयो ।...

...विस्तृतमा पढ्नुहोस्

रतुवामाईको सौठामा अस्पताल निर्माण हुने

९ जेठ–मोरङको रतुवामाई नगरपालिका वडा नम्वर ६ सौठामा विपी नेत्र प्रतिष्ठान नाक, कान, घाटि, आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । विपी नेत्र प्रतिष्ठान भक्तपुरले रतुवामाई नगरपालिकाको सौठामा निर्माण गर्ने अस्पताल भवनको आज एक कार्यक्रमका विच नगरप्रमुख रविन राईले शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा नगरप्रमुख राईले अस्पताल स्थापना भएसगै यस क्षेत्रका जनताको उपचारको लागि अन्यत्र जानुपर्ने बाध्यता हट्नुका साथै अन्यत्रका बिरामी यस अस्पतालमा आउने बताउनुभयो...

...विस्तृतमा पढ्नुहोस्

पाडाजुंगीलाई व्यवस्थित गरिदै

दमक,९ जेठ । कमल गाँउपालिका ५ को पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको छ । वडा कार्यालयले गाँउपालिकाकै नमुना वार्डका रुपमा विकास गर्ने उद्देश्यले वडाको मुख्य क्षेत्र पाडाजुंगी चौंकलाई व्यवस्थित बनाउन थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले जानकारी दिए । उनका अनुसार गतवर्ष ५ लाख र चालु वर्ष रु ८ लाख वजेट विनीयोजन गरि पाडाजुंगी चौक क्षेत्रको पूर्वाधार निर्माणका कामहरु धमाधम भईरहेका छन् । राजमार्गसंगै जोडिएको सडक अतिक्रमीत...

...विस्तृतमा पढ्नुहोस्

माङ्गहिमको भवन निर्माणमा स्थानीयहरुको श्रमदान

दमक,८ जेठ । झापाको कमल गाँउपालिका ७ स्थित मेमेङ्ग टोलमा निर्माणाधीन किरात युमा माङ्गहिमको भवन निर्माणमा स्थानीयहरुले धमाधम श्रमदान गरेका छन् । गाँउपालिकाको करिव ५ लाख र किरात धर्मावलम्बीहरुको जनश्रमदानबाट निर्माणाधीन भवनमा स्थानीयहरुले एकसाता लामो जनश्रमदान गरेका हुन् । आज मात्र स्थानीय २४ जना युवाले सामूहिक जनश्रमदान गरेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्णकुमार मावोले जानकारी दिए । भवनको बिम ढलाईका क्रममा स्थानीयहरुले दिनभरि श्रमदान...

...विस्तृतमा पढ्नुहोस्

बिभत्स हत्याकाण्डबाट बाँच्न सफल खजुमको उपचार प्रदेश सरकारले गर्ने

पाँचथरको आरुबोटेनजिकै नौ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो । अन्दाजी १४ वर्षीया सीता खजुम हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई प्रहार गर्न थालेपछि घरबाट राति नै भागेकी थिइन भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ । ...

...विस्तृतमा पढ्नुहोस्

प्रदेश १ मा मानब हत्याको श्रृंखला बढयो

पछिल्लो समय प्रदेश नम्बर १ मा मानब हत्याको श्रृंखला बढेर गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश १ का कुल १४ जिल्लाका बिभिन्न स्थानमा बितेका १० महिनामा ६७ जनाको हत्या भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी केदार रिजालले जानकारी दिनुभयो । प्रहरीका अनुसार अनुसार बितेको श्रावण महिनादेखि बैशाख मसान्तसम्मा कर्तव्यमा परि ज्यान गुमाउनेको संख्या ६७ रहेको प्रहरीको तथ्याकंमा उल्लेख गरिएको छ । यो संख्यामा...

...विस्तृतमा पढ्नुहोस्