अमेरिका र इरान युद्धतर्फ !

बीबीसी । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव निकै जोखिमपूर्ण बिन्दूमा आइपुगेको छ । पछिल्ला कदमलाई हेर्दा दुई राष्ट्र युद्धको मुखमा आइपुगेकोजस्तो देखिन्छ । केहीले दुई राष्ट्रले भित्रभित्रै युद्धको तयारी गरिरहेको आशंका व्यक्त गरेका छन् । इरान र अमेरिकाबीचको विवादलाई लिएर प्रमुख दुई दृष्टिकोण बाहिर आएका छन् । दृष्टिकोण एकः इरानको गल्तीले समस्या आयो पहिलो दृष्टिकोण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका सथर्मकहरुको हो । तिनमा हालको समस्या...

...विस्तृतमा पढ्नुहोस्

अभिनाश प्रतियोगिताकै उत्कृस्ट खेलाडी, करन बने प्लेयर अफ द म्याच

काठमांडौ । युएईलाई तेश्रो टि-२० मा १४ रनले पराजित गर्दै नेपालले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको छ। वर्षको कारण १० ओभरमा छोट्याईएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १०४/८ को योगफल तयार गरेको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो र नेपाललाई जित र सिरिज सुम्पन पुग्यो। युएई र नेपाल बीच सिरिज अघिसम्म...

...विस्तृतमा पढ्नुहोस्

लिम्बुवान नागरिक समाज बेलायतको अध्यक्षमा वनेम

बेलायत, ७ माघ । लिम्बुवान नागरिक समाज बेलायतको चौथो महाधिवेशनले छत्र वनेमलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको छ । वनेम यसअघि समाजका महासचिव थिए । शनिबार आसफोर्डमा भएको महाधिवेशनले वनेमको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । उक्त समितिका उपाध्यक्षहरूमा श्रीकुमार जवेगू, मनमाया नेम्वाङ, नवराज काम्वाङ, दिल कुमार इङ्वारम रहेका छन् । यस्तै, महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा मान मावोहाङ, कोषाध्यक्षमा विकास हेल्लोक, सहकोषाध्यक्षमा शमशेर...

...विस्तृतमा पढ्नुहोस्

श्रीमतीले यौनसम्पर्क गर्न नदिएको झोँकमा चक्कुले काटे आफ्नै लिङ्ग काटेपछि..

एजेन्सी | भारतको उत्तर प्रदेशका एक व्यक्तिले आफ्नो लिङ्ग काटेका छन् । उनले आफ्नी श्रीमतीको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमतीले सम्भोग गर्न नदिएपछि घाँसी राम नाम गरेका ब्यक्तिले रिसको झोँकमा आफ्नो लिङ्ग काटेका हुन् । घाँसी राम राति रक्सी खाएर घर आएका थिए र श्रीमतीलाई यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राखेका थिए । घाँसी रामले यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राख्दा श्रीमतीले अस्वीकार...

...विस्तृतमा पढ्नुहोस्

मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एकको मृत्यु

फ्रान्स । इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका छन् । पहेंलो ज्याकेट लगाएर प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति इम्यानुएल म्याक्रोले नागरिकका आवाजलाई बेवास्ता गरेको आरोप लगाएका छन् । ...

...विस्तृतमा पढ्नुहोस्

संसद भवनभित्रै सांसदहरुबीच हात हालाहालदेखि लात हानाहानसम्म !

श्रीलंका। संसद भवनभित्रै सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात हलाहल भएको हो। यो क्रमका आधा घण्टासम्म चलेको श्रीलंकाली संचार माध्ययमहरुले जनाएका छन। संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको...

...विस्तृतमा पढ्नुहोस्

संसदबाट प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित !

कोलम्बो । श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्ष विरुद्ध परेको अविश्वासको प्रस्ताव पारित गरेको छ। मंगलबार श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई पुनःस्थापना गर्ने आदेश दिएलगत्तै संसदले सिरिसेना नियुक्त राजापाक्षलाई अश्विकार गरेको छ। सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । सिरिसेनाले गत अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा...

...विस्तृतमा पढ्नुहोस्

एमनेस्टीले फिर्ता लियो सुकीलाई दिएको सर्बोच्च सम्मान !

काठमाडौं । मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय सँस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति विश्वव्यापी रुपमा प्रश्न उठेपछि उक्त सम्मान फिर्ता लिइएको हो। सन् १९९१ को नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला नोबल पुरस्कार जितेसँगै मानवअधिकार र शान्तिका लागि सुकी...

...विस्तृतमा पढ्नुहोस्

पाईलटले नै मापसे गरेर प्लेन उडाउन लागेपछि…

भारत। भारतको राष्ट्रिय ध्वजावाहक बिमान कम्पनि एयर इन्डियाका एक सिनियर क्याप्टेनले मापसे गरेर प्लेनउदाएको पाईएपछि तीन वर्षको लागि कमर्सियल जेट उडाउन नसक्नेगरि ग्राउण्डेड हुने भएका छन् ।सिनियर पाईलट अरभिन्द कठपालीया मापसे चेकिङका क्रममा यस्तो अवस्थामा भेटिएका हुन् । भारतीय संचार माध्यमहरुका अनुसार एयर इन्डियाका अपरेशन डाइरेक्टर क्याप्टेन अरभिन्द कठपाडिया जहाज उडाउनु पूर्व गरिने अनिर्वाय ब्रेथलाईजर टेस्टमा फेल भएका थिए । उनको डियुटी फ्लाईट नम्बर AI १११...

...विस्तृतमा पढ्नुहोस्

गोली हानाहान हुँदा सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु !

अफगानिस्तान। अफगानिस्तानमा शुक्रबार भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् । घटना अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा भएको जनाएको छ। तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । भिडन्तमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएको...

...विस्तृतमा पढ्नुहोस्