पत्रकार महासङ्घको निर्वाचनमा देशैभर प्रेस युनियनसहितको गठबन्धनको अग्रता


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७


  • झापा, २६ चैत । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनको जारी मतगणनामा नेपाल प्रेस युनियनले अग्रता कायम गरेको छ ।
    अहिले देशैभर जारी रहेको मतगणनाको पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था युनियनसहितको गठबन्धनले अग्रता कायम गरेको छ ।

    केही जिल्लाहरूमा मतगणना सकिएको छ भने धेरै मतदाता भएका जिल्लाहरूमा मतगणना जारी रहेको छ । अहिले सम्मको परिणाम अनुसार प्रेस युनियन नेतृत्वको प्यानलले अग्रता लिएको छ । केही जिल्लाको गणना सकिँदा काँग्रेस-माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता लिएको छ ।

    एमाले निकट प्रेस चौतारीको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अग्रता लिइरहेको छ । अध्यक्षका अर्का प्रत्याशी गजेन्द्र बुढाथोकीले न्यून मत प्राप्त गरेका छन् । दलीय गठबन्धनको प्रभाव हरेक जिल्लामा देखिएको छ । प्यानलभन्दा बाहिर कमै मात्र मत खसेको पाईएको छ ।

    ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा पोखरेल नेतृत्वको प्यानलले विजय हासिल गरेको छ । लुम्बिनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरूमा पनि पोखरेल प्यानलकै अग्रता छ ।

    भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ । गण्डकीका जिल्लाहरूमा प्रतिस्पर्धा छ । प्रदेश १ मा काँग्रेस-माओवादी-माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता कायम गरेको छ ।

    प्रदेश १ मा घिमीरे निर्वाचित
    अहिले सम्म प्रदेश १ मा काँग्रेस–माओवादी–माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलका अध्यक्षका उम्मेदवार लिलाबल्लभ घिमिरेले विजयी हासिल गरेका छन् ।

    यसै गरी सोही प्यानलबाट लवदेव ढुङ्गाना, उपाध्यक्ष महिलामा हिमाकुमारी चेम्जोङ, महासचिवमा विवेक गौतम, सचिव खुल्लामा देवेन्द्र कार्की, सचिव समावेशीमा सन्तोष यादवले विजयी हासिल गरेका छन् ।

    प्रदेश १ मा काँग्रेस(माओवादी(माधव नेपाल पक्षीय चौतारी सहितको प्यानलले अग्रता कायम गरेको छ । निर्वाचितहरुको मत सङ्ख्या भने सार्वजानिकरुपमा अहिले सम्म घोषणा गरिएको छैन । पूर्ण विवरण साँझ सम्ममा आउन सक्ने बताइएको छ ।यसैगरी सुनसरीमा अहिले केन्द्रिय परिषद सदस्य र जिल्ला कार्य समितिको मत गणना सुरु भएको छ ।

    महासंघ झापा शाखाको अध्यक्षमा गिरी निर्वाचित

    नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित भए। बुधबार सम्पन्न निर्वाचनको विहीबारको अन्तिम मत परिणाम अनुसार अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गरे भने केपी ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्माङले ७४ मत तथा माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गरेर चित्त बुझाएका थिए ।
    त्यसैगरी, उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १ सय ३१ मत प्राप्त गरी निर्वाचित भए । नेम्वाङ प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गरे भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गरे ।

    महिला उपाध्यक्षमा गिरीकै प्यानलकी सुशीला संग्रौलाले १ सय ४० मत प्राप्त गरी निर्वाचित भईन् भने नेम्वाङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १ सय ७ मत प्राप्त गरेकी थिइन् । सचिवमा गिरी प्यानलकै डिकेश लामाले १ सय २८ मत प्राप्त गरी विजयी बन्दा सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत पाउनु भयो भने प्रेम कुमार आचार्यले २५ मत प्राप्त गरे ।
    खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १ सय ५५ मत सहित निर्वाचित हुँदा नेम्वाङ प्यानलका बिनोद सापकोटाले ९२ मत मात्रै प्राप्त गरे । त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १ सय ७२ सर्वाधिक मत ल्याई बिजयी बन्दा नेम्वाङ प्यानलका देशराज नेम्बाङले ७३ मत मात्रै प्राप्त गरेका छन्।
    यस्तै,कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १ सय ३३ मत प्राप्त गरी विजयी बन्दा नेम्वाङ प्यानलका रमेश तिवारीले १ सय १५ मत प्राप्त गरे । सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलकी मनिषा चौलागाईँले सर्वाधिक १ सय ५१ मत, विनोद पाण्डे कमलले १ सय ४७,चिरञ्जिवी घिमिरेले १ सय ३३, सुष्मा राजवंशीले १ सय ३३, होमप्रसाद अधिकारीले १ सय २२, द्रोण अधिकारीले १ सय ७ तथा नेम्वाङ प्यानलका अच्युतराज सुवेदी १ सय ७,अनिल वाग्ले १ सय ५, सुनिरा मैनाली १ सय २१ मत ल्याई विजयी भएका छन् ।
    आदिवासी तथा जनजाति सदस्यमा नेम्वाङ प्यानलका राजन साम्पाङ १ सय २४ मत र दलिततर्फको सदस्यका लागि गिरी पक्षका रणजित परियार १ सय ४० मतका साथ विजयी भए ।
    केन्द्रिय परिषद सदस्यमा गिरी पक्षका ज्ञानेन्द्र निरौला १ सय ६५ र गिरी पक्षका कृष्ण हुमागाईँ १ सय ४१ मतका साथ विजयी भए । यसैगरी, नेम्बाङ पक्षका गोपाल काफ्ले १ सय ६९ मत प्राप्त गदैं विजयी भए । सोहि पक्षका पराजत उम्मेदवार चेतन अधिकारीेले १ सय २६ मत प्राप्त गरे। नयाँ नेतृत्व चयनका लागि विर्तामोडमा मतदानमा शाखाका २ सय ६३ सदस्य मध्ये २ सय ५६ जना पत्रकारहरुले मतदान गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology