विद्युत चुहिएर किरानामा आगोलागी ,लाखौको क्षति

दमक,९ जेठ । बिद्युत चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक ५ स्थित मनोज साहको किराना पसलमा राती करिव ११ : ३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।   सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुदै आएको साहको किरानाबाट अचानक निस्किएको आगोले संगै रहेको राज अग्रवालको मोवाईल पसलमा समेत...

...विस्तृतमा पढ्नुहोस्

दमकको वातावरण संरक्षणकालागि नगरबासीबाट सुझाब संकलन

झापाको दमक नगरपालिकाले वातावरणलाई स्वच्छ राख्ने सम्बन्धी सुझाव संकलन गरेको छ । वातावरण तथा बिपत् व्यवस्थापन समिति दमकले आयोजना गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका नागरिक तथा सरोकारवालाबाट सुझाव संकलन गरिएको हो । नगरका १० वटै वडाका जनप्रतिनिधी, वातावरण तथा सरसफाईको क्षेत्रमा कार्यरत संघ सस्थाबाट सुझाव संकलन गरिएको वातावरण तथा बिपत् व्यवस्थपन समितीका संयोजक टेक बहादुर थापाले जानकारी दिनु भयो । संकलित सुझावको जवाफ दिदै नगरपालिकाका प्रमुख रोमनथ ओलीले...

...विस्तृतमा पढ्नुहोस्

दमक क्याम्पसमा प्रजातन्त्रवादी विजयी

दमक,७ जेठ । यहाँस्थित पब्लिक क्याम्पस प्राध्यापक संघ , दमक क्याम्पस इकाइ समितिमा नेपाली कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघसहित राप्रपाको प्राज्ञिक परिषद विजयी भएको छ । दुवै प्राध्यापक संगठनहरुको प्यानलले संघमा बहुमतले बिजयी भएका हुन् । नौ जना कार्यसमितिका लागि मंगलवार भएको निर्वाचनमा संयुक्त प्यानलले ५ सदस्य जितेको छ भने चार सदस्य नेकपा निकट प्रगतिशीलले जितेको छ । निर्वाचनको मतपरिणाम अनुसार संघको सदस्यहरुमा यजराज गिरि, बासुदेब...

...विस्तृतमा पढ्नुहोस्

दमकमा प्लानेट मिडियाद्धारा शैक्षिक सामाग्री वितरण

झापाको दमक ३ स्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सोमबा शैक्षिक सामाग्री वितरण गरिएको छ । प्लानेट मिडियाले सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग वितरण गरेको प्लानेटका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एस इ इ आइकन पुर्वान्चल प्रतिस्पर्धाको सामाजिक उत्तरदायित्व अन्तर्गत व्याग वितरण तथा नेतृत्व विकाश सम्बन्धिको छलफल समेत गरिएको मर्हजनले जानकारी दिनुभयो । विद्यालयका शिक्षक तुलानाथ भट्टराईको...

...विस्तृतमा पढ्नुहोस्

दमकको एक होटलमा ७२ बर्षीय बृद्धा बलात्कृत 

दमक | झापाको दमकमा आइबार विहान करिब साढे ९ बजे एक होटलमा झापा मेचीनगर ३ की ७२ बर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी छन । जन्मजात राम्रो बोल्न नसक्ने ति महिलालाई दमक ५ का ४३ वर्षीय राजेन्द्र गुरुङले फोर सिजन होटल एण्ड लजको माथिल्लो तलामा बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभयो । ति महिलाको स्वास्थ्य परिक्षण पछि अहिले दमकस्थित सेफ...

...विस्तृतमा पढ्नुहोस्

दमकमा शित भण्डारको ग्याँस चुहिदा स्थानीयबासीको भागा भाग,

दमक, ५ जेठ | झापाको दमक ४ स्थित चिया दोकान चोक नजिकैको उत्तर पट्टिको बस्तिमा आज मध्य करिब १ बजेको समयमा निकै खैला बैला मच्चियो । तिहा स्थित शान्ति कोल्ड सेन्टरबाट निश्किएको आल्मुनिय ग्याँस आकाशै ढाक्नेगरि निश्किन थालेपछि स्थानीयमा भागा भाग नै मच्चियो । कहि महिना अघिपनि सो शितभण्डारबाट लिगभएको दुषित आल्मुनियम ग्याँसबाट केहि स्थानीय बिरामी समेत परेका थिए । आज पनि मध्यदिनमा प्रचण्ड गर्मिका समयमा...

...विस्तृतमा पढ्नुहोस्

सिंखडाको ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत बजारमा

दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले संगीत भरेका छन् । बसन्त बाम्वुले राईको निर्देशन...

...विस्तृतमा पढ्नुहोस्

अडियामल ग्रामथानमा जात्री मेला सम्पन्न

दमक,४ जेठ । आदिवासी धिमाल समुदायमा मनाईने जात्री पर्वको अवसरमा धिमाल ग्रामथानहरुमा आयोजना गरिँदै आएको ग्राम देवताको पूजाआजा सहित धिमालहरुको साँस्कृतिक कार्यक्रमलाई दमकमा यस बर्ष पनि निरन्तरता दिइएको छ । आफनो प्रस्तुति दिदै एक कलाकार । दमकका सबै धिमाल ग्रामथानहरुमा गाउँ टोलमा बर्षैभरी कुनै किसिमको रोग व्याथा नफैलियोस, प्राकृतिक विपत्ति आदि सहनु नपरोस भन्ने कामना गर्दै ग्राम देवताको शनिवार सामूहिक पूजाआजा गरिएको हो । सो...

...विस्तृतमा पढ्नुहोस्

सांसद पार्टीका होईन जनताका बन्नु पर्छ–नेपाल

दमक, ४ जेठ–स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पूर्वाञ्चल क्षेत्रीय संगोष्ठी तथा क्षेत्रीय समिति घोषणा सभा सम्पन्न भएको छ । शनिवार दमकमा आयोजीत कार्यक्रममा पारसमणी गेलालको संयोजकत्वमा १७ सदसिय पूर्वाञ्चल क्षेत्रीय संयोजन समिती गठन गरिएको हो । संगोष्ठिमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय संयोजक स्वागत नेपालले अहिलेका सांसद जनताको प्रतिनिधी नभई पार्टिको प्रतिनिधी भएकोले जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउने हकको सुनिश्चित गर्न अभियान देशैभरि चलाईएको बताउनुभयो...

...विस्तृतमा पढ्नुहोस्

उपप्रमुखले गरिन दमकका योजना अनुगमन

दमक, ३ जेठ– दमक नगरपालीकाले नगरका बिभिन्न वडामा निर्माण सम्पन्न भएका योजनाहरुको प्रबिधिक सहित स्थलगत अनुगमन गरेको छ । नगर उपप्रमुख गिता अधिकारी सहित प्राविधिक लगायतको टोलीले दमकका बिभिन्न स्थानमा निर्माण सम्पन्न भएका योजनाहरुको स्थलगत अनुगमन गरिएको हो । सो क्रममा दमक ३ स्थीत कुमाल डाँडामा सम्पन्न भएको ग्राबेल सडक त्यसैगरि गाभुझार टोलबिकास संस्थामा पर्ने भुतुरे खोलामा निर्माण रिटेनिङ वाल दमक ४ बगान टोलमा नगरपालीकाबाट...

...विस्तृतमा पढ्नुहोस्