दमकमा अनेमसंघ ( क्रान्तिकारी ) गठन


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८


  • दमक,१० बैशाख । दमक १ निवासी संगीता सेरेङ (इक्सा)को अध्यक्षतामा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) दमक नगर कमिटी गठन भएको छ ।


    माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुख आतिथ्यतामा शुक्रवार बालुवाटारस्थित पार्टी कार्यालयमा सम्पन्न नगर स्तरिय भेलाले सेरेङको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
    कमिटीका सदस्यहरुमा तारा राई ,एलिसा बर्देवा , पुष्पा लिम्बू , समिरा पोख्रेल , सुस्मा अधिकारी , शान्ति धिमाल ,कल्पना तामाङ घिमिरे , हिमा श्रेष्ठ , देवी आङदेम्वे, सरस्वती नेपाल ,बिष्णु धिमाल ,अनिमा तामाङ , बिन्दु सिटौला लक्की गोमा ढकाल , तारा राई, छमिला तामाङ , मिरा गौतम ,ससिकला बन्जरा रहेकी छन् । त्यस्तै , सानू बस्नेत ,बिमला बिक, रुपमणी राई, सरु कार्की , कमला राई, बन्दना लिम्बू  , लिला राय, कुमारी धिमाल ,बिनिता फुयाल , सपना कालिकोटे र अनिता मल्लिक सदस्य चुनिएकी सो पार्टी जनाएको छ ।
    नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलग- अलग भएपछि ती पार्टीहरुले आफना जनवर्गीय संगठनहरुको समेत पुर्नगठन गरिआएका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology