झापा,४ बैशाख । किरात याक्थुङ् चुम्लुङ झापा जिल्ला कार्यसमितिको शनिवार दोस्रो नियमित बैठकले विभिन्न निर्णय गरेको छ । बिर्तामोडस्थित चुम्लुङ भवनमा जिल्ला अध्यक्ष शेसेहाङ फियाकको अध्यक्षतामा बसेको बैठकले एकवर्षमा जिल्ला शाखाले गर्ने विभिन्न कार्ययोजना,वजेटसहित जिल्ला सल्लाहकार र जिल्ला सदस्यहरु मनोनित गरेको छ ।

चुम्लुङ जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले दिएको जानकारी अनुसार संस्थाको दैनिक कार्य सञ्चालन गर्नको निम्ति पाँच पदाधिकारीसहितको सदस्य धर्म लक्सम्बा र शर्ण लोवा रहने गरी ७ सदस्यीय जिल्ला सचिवालय गठन गरिएको छ भने कार्यसमिति सदस्यमा योगचन्द्र आङ्वोहाङ् र अक्ष्ुामन (लक्ष्मी ) योङ्हाङ्लाई पनि मनोनित गरिएको छ । आजको थप सदस्य मनोनित गरेपछि चुम्लुङ विधानत २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ ।त्यसैगरी निकट भविष्यमा नै चुम्लुङ् शाखाका १३ नगर र गाउँ शाखाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सहभागि गराई संस्थागत बजेट, माग बजेट, आम्दानी र खर्च शिर्षकको बजेट सम्बन्धि एकदिने सचेतना कार्यक्रमको समेत आयोजना गर्ने निर्णय भएको जनाइएको छ ।
सात जना जिल्ला चुम्लुङ् सदस्यहरुमा मनोनित
त्यसैगरी विधानत गठन गर्नुपर्ने जिल्ला चुम्लुङ् सदस्यहरुमा ओम आङ्वोहाङ्, मोहनबहादुर पाहिम, नरबहादुर मावोहाङ्, चन्द्र थेबे, मणि लिम्बू, गोपाल लिम्बू र ओमप्रकाश खापुङ्लाई मनोनित गर्ने निर्णय गरिएको छ ।
२३ सदस्यीय सल्लाहकार समिति
त्यसैगरी जिल्ला शाखालाई आवश्यक सल्लाह सुझाव प्रदान गर्ने गरी सल्लाहकारको रुपमा हरि चोङ्वाङ्, धिरेन लावती, नरबहादुर योङ्हाङ्, राधा सुब्बा, भिम इजम, तिलबिक्रम कन्दङ्वा, नरपति फुरुम्वो, कृष्ण थेबे, भरत आङ्देम्बे, भक्त खेवाङ्, रविन्द्र लिङ्देन, राजेन्द्र लिङ्देन, सूर्य कन्दङ्वा, कुवेर कन्दङ्वा, लोकबन्धु कन्दङ्वा, धनराज योङ्हाङ, लोकबन्धु कन्दङ्वा, क्याा.जगनध्वोज वनेम, सेरबहादुर पतङ्वा, दुर्गा नेम्बाङ्, टेकबहादुर योङ्हाङ्, विष्णु सुब्बा, सुरजविक्रम इङ्नाम र देवेन्द्र इङ्नामलाई मनोनित गरिएको जनाईएको छ ।
बैठकले चुम्लुङ् जिल्ला शाखालाई सुचारु रुपमा चलायमान बनाएर झापाबासी सम्पूर्ण लिम्बुहरुसँग सहकार्य गरेर अघि बढ्नको निमित्त विभिन्न विभागीय जिम्मेवारी समेत तोकिएको सचिव लिम्बूले जनाए ।