लगनशील कृषि सहकारीको निशुल्क स्वास्थ्य शिविर


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०७७


  • कमल,२७ चैत । कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाले शुक्रवार सञ्चालन गरेको आखाँ,कान तथा दन्त शिविरमा ३६५जना लभावान्दित भएका छन् ।सहकारीको आफनै कार्यालय भवनमा सम्पन्न भएको आखाँतर्फ २०० जना ,कानतर्फ ६० र दन्ततर्फ ७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।


    आखाँ तथा कानतर्फ दमकको मेची नेत्रालय  र दन्ततर्फ दमकको आमा डेन्टलले प्राविधिक सहयोग पुरयाँएका थिए ।सहकारीका सदस्य तथा उनका परिवारलाई लक्षित गरी सहकारीको स्वास्थ्य तथा शिक्षा उपसमितिले आखाँ ,कान र दन्त सम्बन्धी एक दिने निशुल्क शिविर सञ्चालन गरिएको संस्थाका सचिव भिष्म सिटौलाले वताए ।


    स्वास्थ्य तथा शिक्षा उपसमितिकी संयोजक शोभा गजुरेलको अध्यक्षतामा शिविर उद्घाटनमा संस्थाका अध्यक्ष लालबहादुर विष्ट, कमल ५ सहकारी समन्वय समितिका अध्यक्ष बालकृष्ण गौतम, संस्थाका सल्लाहकार संयोजक भोजकुमार घिमीरे ,सञ्चालक तथा शेयर सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
    संस्थाका ज्येष्ठ शेयर सदस्य ८० बर्षिय दलबहादुर भण्डारीको स्वास्थ्य परीक्षण गरि शिविर उद्घाटन गरिएको थियो । सहकारीको बार्षिक कार्यक्रम अनुसार सहकारीले समुदायस्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिआएको छ ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology