जेसीज तालिम केन्द्रमा ३० लाख बढीका काम

दमक,३० जेठ । दमक जेसीजको एक वर्ष अघि निर्माणाधिन सामुदायिक तालिम केन्द्र भवनमा हालसम्म ३० लाख बढीको काम भएको छ । दमक ८ मा विभिन्न दाताहरुले उपलव्ध गराएको ४ कठ्ठा जमीनमा निर्माणाधिन सुविधासम्पन्न तालिम केन्द्र भवनमा जेसीजसंगै सरकारका निकाय गरि ३० लाख बढीको काम सम्पन्न भएका हुन् । तालिम केन्द्रका योजनाकार तथा वर्ष २०१८ का अध्यक्ष चन्द्र खत्रीका अनुसार दमकमा एकीकृत ढंगले विभिन्न किसिमका तालिम...

...विस्तृतमा पढ्नुहोस्

दमकबाट हराइन ७ बर्षिया बालिका, देख्नु हुनेले सम्पर्क गरेर सहयोग गरौ

दमक | झापा बिर्तामोड कृषी चौकनिवासी शुक्रराज जोगीकी ७ बर्षिया बालिका पुर्णिमा जोगी आज दमक बसपार्कबाट हराएकी छिन् । आज बुधबार बिहान छीमेकी दिदिले लिएर गएकी छोरी पुर्णिमा अझ सम्म परिवारको सम्पर्कमा आएकी छैनन । छीमेकी दिदी भने मादक पदार्थ पिएर दमक बसपार्कमा सुतेको समयमा बालीका हराएको उनका बाबू शुक्रराजले हाम्रो दमकलाई जानकारी दीएका छ्न । बालिकालाई लीएर जाने दीदीलाई भने इलाका प्रहरी कर्यलय दमकले नियन्त्रणमा...

...विस्तृतमा पढ्नुहोस्

न्यू कञ्चनको स्थापना दिवसमा संस्थापक देखि कर्मचारी सम्म सम्मानित

बुद्धशान्ति । न्यू कञ्चन कृषि सहकारी संस्था लि. बुद्धशान्ति–३ ले आप्mनो १० औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । संस्थाका अध्यक्ष ईश्वरीराज ढकालको सभापतित्वमा भएको कार्यक्रममा स्थापना कालमा सहयोग तथा सहकारीको कल्पनाकार धनपति मैनालीको प्रमुख आतिथ्य रहेको थियो । स्थापना दिवसकै अवसर पारेर संस्थापक तथा कर्मचारीलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक भवप्रसाद गौतम, बिष्णुमाया दाहाल, देवेन्द्र दंगाल, रुद्रकुमारी धिमाल, बिमला ढकाल,...

...विस्तृतमा पढ्नुहोस्

रक्तदाता दिवसमा प्रभातफेरिसहित रक्तदान

दमक,२९ जेठ । विश्व रक्तदाता दिवसका अवसर पारेर आगामी शुक्रवार दमकमा प्रभातफेरिसहित रक्तदान कार्यक्रम गरिने भएको छ । रक्तदान सम्बन्धी सचेतना दिन तथा निशुल्क रगत उपलव्ध गराउन माग गर्दे नेपाल स्वमसेवी रक्तदाता समाजले यहाँ प्रभातफेरिसहित रक्तदान गर्ने भएको हो ।२००४ सालदेखि जुन १४ का दिन विश्वभरि रक्तदाता दिवस मनाउदै आएको छ । समाजले घरवहाल हकहित संघ,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानसहितका विभिन्न संघसंस्थाहरुको सहभागितामा दमकको मिशाल बजार...

...विस्तृतमा पढ्नुहोस्

तामाङ्ग घेदुङ बुद्धशान्तिको नेतृत्व चयन

शान्तिनगर,२७ जेठ ।<नेपाल तामाङ् घेदुङ बुद्धशान्तिको नेतृत्व चयन भएको छ । बुद्धशान्ति गाउँपालिका भित्र बसोबास गर्ने तामाङ् जातिको टिमाई शिविरमा शनिबार सम्पन्न प्रथम अधिवेशनले मेन बहादुर थिङ तामाङ्को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनले द्धय उपाध्यक्षमा दिलमाया योञ्जन तामाङ र प्रियराज मोक्तान , सचिवमा देवीध्वज योञ्जन तामाङ, सहसचिवमा होइसल दोर्जे लामा, कोषाध्यक्षमा पूर्णमाया थिङ तामाङलाई सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा...

...विस्तृतमा पढ्नुहोस्

उपभोक्ता सचेतनाबारे अन्तरक्रिया

दमक,२७ जेठ । उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सोमबार दमकमा उपभोक्ता सचेतना बारे अन्तरक्रिया सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको प्राविधिक सहयोग र समन्वय तथा द एशिया फाउण्डेशनसँगको सहकार्यमा कार्यक्रम भएको हो । मञ्चका अध्यक्ष डा. नविन चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख भरतबहादुर पुरीले उपभोक्ता अधिकार, कानूनी व्यवस्था लगायतका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथी...

...विस्तृतमा पढ्नुहोस्

कमल ७ को वडा कार्यालय शिलान्यास

दमक,२७ जेठ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । भवनको सोमवार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले शिलान्यास गरे । जिल्ला समन्वय समितिबाट प्राप्त रु ४५ लाखको वजेटबाट वडा कार्यालयको प्रशासनिक भवन निर्माण शुरु गरिएको वडाध्यक्ष पृथपति राईले वताए । एकवर्ष भित्रमा निर्माण गरिने उक्त भवन दुई तले पाच कोठाको हुने उनले वताए ।...

...विस्तृतमा पढ्नुहोस्

दुई बुदे सहमती पछी कन्काई अस्पतालमा राखेको मृतकको लास परीवारले बुझ्यो

झापा । बिरामीको मृत्यु पश्चात बिर्तामोडको कनकाई अस्पतालमा उत्पन्न तनाव सहमती पछि साम्य भएको छ । पिडित पक्ष र अस्पताल प्रशासन बीच आइवार राती दुई बुँदे सहमती भएसँगै पिडितले लास उठाएका छन् । उपचारका क्रममा मृत्यु भएकी बिविता तामाङको परिवारलाई समवेदना स्वरुप ५ लाख रुपैयाँ क्षतीपूर्ती दिने सहमती भएको छ । उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाही भएको नभएको छानबिन गर्न ९ सदस्य छानविन समिित गठन गरि...

...विस्तृतमा पढ्नुहोस्

मोटरसाईकल दुर्घटनामा सरदारको मृत्यु

मोरङ, जेठ २६ गते । मोरङको कटहरी गाउँपालिका ७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमाबुढीगंगा गाउँपालिका ५ का १९ बर्षीय निरज सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साँझ ६ ः२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को...

...विस्तृतमा पढ्नुहोस्

एभरेष्ट रेष्टुरेन्ट एण्ड बारमा गायक ढकाल आउने

दमक,२६ जेठ । दमकमा सुरु हुन लागेको अत्याधुनिक रेष्टुरेन्ट एभरेष्ट लन्ज रेष्टुरेन्ण्ट एण्ड बारमा चर्चित गायक रामकृष्ण ढकाल आउने भएका छन् । आगामी जेठ ३१ गते शुक्रबार बाट औपचारिक शुभारम्भ हुन लागेको रेष्टुरेण्टको उद्घाटनका अवसरमा गायक ढकाल आउने भएका हुन् । रेष्टुरेन्ट उद्घाटनमा ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि गायक ढकालको विशेष प्रस्तुति दिने कार्यक्रम रहेको सञ्चालक रोहित आचार्यले जानकारी दिए । तिन दिन सम्म बिभिन्न...

...विस्तृतमा पढ्नुहोस्