इजरायलमा नेपाली कृकेट क्लब बन्दै

केहि समयमा क्लबबारे थप जानकारी, खेलाडी, खेल तथा अन्य कुराहरु जानकारी गर्दै लगिने


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, चैत्र १७, २०८१


  • इजरायल । इजरायललाई कर्मभुमी बनाउदै आएका नेपाली भाषी र नेपालीहरु मिलेर कृकेट क्लब बनाउने भएका छन् ।

    गोर्खा कृकेट कल्ब इजरायल नाम दिई स्थापना गर्न लागिएको क्लबले इजरायलमा हुने कृकेट प्रतियोगिताहरुमा सहभागी जनाउने बताईएको छ । क्लब संचालक राजु रिजालका अनुशार पछिल्लो समय इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरु बिच भाईचारा र स्वास्थ्यका खेलकुद भन्ने नाराका साथ चर्चित बन्दै गरेको फुटवल खेल, प्रतियोगिता र क्लबहरुले एकिकृत बनाउदै लगेको अवस्थामा कृकेटको माध्यमबाट पनि त्यो कायम राख्न थप मजबुत बनाउने कुरामा विश्वस्थ रहेको बताएका छन् ।

    दक्षिण एशियाका भारत, नेपाल, श्रिलङ्का लगायतका देशहरुमा चर्चित रहेको कृकेट खेलले उक्त देशहरुबाट इजरायलमा रहेका खेल प्रेमी, खेलाडी र अन्तर देशीय भाईचारालाई पनि थप मजबुत बनाउने कुरामा जोड रहेको रिजाले हामीलाई बताए ।

    उनका अनुशार केहि समयमा क्लबबारे थप जानकारी, खेलाडी, खेल तथा अन्य कुराहरु जानकारी गर्दै लगिने र हरेक महिना इजरायलमा हुने भारत, नेपाल र श्रीलङ्काका यहाँ रहेका क्लब तथा टिमहरुको प्रतियोगितामा सहभागी हुने कुरा पनि ब्यक्त गरे ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology