दमक,२१ चैत । नेपाल यातायात मजदुर संघ हुलुका सवारी चालक संघ दमकको नयाँ नेतृत्व चयन भएको छ ।इलामको चुलाचुलीस्थित शिखरकटेरीमा शनिवार सम्पन्न सातौ अधिबेशनले प्रितम दाहाल (तुलसी ) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

दुई बर्षे कार्यकाल रहने सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्ष खड्ग पाण्डे,सचिवमा विष्णु भट्टराई , सहसचिवमा कमल राई र कोषध्यक्षमा दिनेश भट्टराई चुनिएका छन् ।

यस्तै सदस्यहरुमा प्रकाश धिमाल, प्रेमबहादुर थापा,मोहन पौडेल र दिवस अधिकारी चुनिएका छन् । अधिबेशन सम्पन्न गर्न नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य गोपाल थापाको संयोजकत्वमा डार्बिन संग्रौला, गान्धी भण्डारी,गौतमकुमार लामा,बालकृष्ण श्रेष्ठ र सञ्जितकुमार यादव रहेको एक निर्वाचन समिति समेत गठन गरिएको थियो । अधिबेशन उद्घाटनमा नेपाली कांग्रेसका नेता,कार्यकर्ताहरुसहित संघमा आवद्ध हलुका सवारी चालकहरुको उपस्थिति रहेको थियो ।