इजरायल | यहि १८ अप्रिलका दिन इजरायलमा नयाँ वर्ष कप – २०८२ फुटबल प्रतियोगिता हुने भएको छ । इजरायलमा स्थापित राइजिङ स्टार फुटबल क्लबको आयोजना र व्यवस्थापनमा हुन लागेको हो । प्रतियोगितामा इजरायलमा स्थापित विभिन्न ८ वटा नेपाली र नेपालीभाषी फुटबल क्लबहरुको सहभागिता रहने आयोजकले बताएको छ।
फुटबल खेलप्रेमी र खेलाडीहरुलाइ खेल प्रति कटिवद्ध हुन, सबैसँग आपसी सद्भाव र सम्बन्ध कायम राख्न, खेलाडिहरुको शारिरिक र मानशिक स्वास्थ्यमा ध्यान दिदै प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताको विजेता हुने टिमले ८ हजार १ सय ५१ सेक्केल र उप विजेता टिमलाइ ४ हजार १ सय ५१ सेक्केल नगद, शिल्ड, मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरिने बताइएको छ ।

इजरायलम पहिलो पल्ट ९ – ए साईडमा हुने प्रतियोगिता नकआउट सिस्टममा खेलाइने छ । यस प्रतियोगितामा सहभागि फुुटबल क्लबहरुमा आयोजक राइजिङ स्टार फुटबल क्लब, किराँत क्याक्थुङ चुम्लुङ फुटबल क्लब, सेभेन स्टार हाईफा फुटबल क्लब, लायन तेलअविभ फुटबल क्लब, दार्जलिङ युनाइटेड फुटबल क्लब, मनिपुर फुटबल क्लब, कायपलट फुटबल क्लब र झापा एफसी फुटबल क्लब रहेका छन् ।
प्रतियोगिता इजरायलको तेलअभिव स्थित लुना पार्कमा रहेको खेल मैदानमा आगामी १८ अप्रिलका दिन साँझ सुरु भई १९ अप्रिलका दिन सम्पन्न हुनेछ । यस प्रतियोगितामा सहभागीताको लागि सम्पूर्ण खेलाडी, खेलप्रेमी शुभचिन्तक, शुभेच्छुकहरुलाइ उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।