‘चुलाचुली संवाद’ कार्यक्रमको उद्घाटन


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८


  • चुलाचुली,२ बैशाख । इलामको चुलाचुली- ४ आइतवारेमा स्थापना भएको चुलाचुली मिडिया हाउसले थप अर्को कार्यक्रम “चुलाचुली संवाद” शुरु गरेको छ ।
    बैशाख १ गते गतेदेखि सो कार्यक्रम औपचारिक रुपमा सञ्चालनमा ल्याईएको चुलाचुली मिडिया प्रालिका संचालक चेतन आङथुपोले वताए । सो मिडिया हाउसले यसअघि बेव श्रृंखला “सेवारो बाजे” र कला, साहित्य “समय र सिर्जना” कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।


    ५२ एपिसोड रहने सो कार्यक्रमको भुमि व्यवस्थापन समस्या आयोग इलामका अध्यक्ष ओम नारायण खनालले उद्घाटन गरे । खनालले प्रोजेक्टर मार्फत स्वीच अन गरेर कार्यक्रमको इन्ट्रो भिडियोलाई पर्दामा देखाएर उद्घाटन गरिएको हो ।
    कार्यक्रममा बोल्दै खनालले भने,‘यस्ता खालका कार्यक्रमहरु आवश्यकता भएतापनि हालसम्म सुचारु हुन नसकेको र चुलाचुली संवादले अब पूरा गर्नेमा आँफुहरु विश्वस्त रहेको औल्याए ।
    कार्यक्रममा राजनीतिकर्मी राजेन्द्र केरुङ, शिक्षाविद गगन लावती,चुलाचुली गाउँपालिका सामाजिक विकासका संयोजक रामप्रसाद राई, शिक्षक लोकनाथ पौड्याल लगायतको उपस्थिति रहेको थियो । बैशाखको दोस्रो साताबाट हरेक शनिबार साँझ ७ बजे चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट प्रशारण हुने भएको छ ।
    सेवारो बाजे श्रृंखलाको व्यवस्थापक चन्द्र दंगालले स्वागत मन्तव्य सुरु गरे संगै सुरु भएको कार्यक्रम सन्तोस गिरीले संचालन गरेका थिए । मानव कम्प्यूटर ट्रेनिङ सेन्टरको प्रायोजन रहेको सो कार्यक्रमको अध्यक्षता प्रकाश सुहाङले गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology