इजरायलमा सोनाम ल्होछार २०२६ मनाइँदै


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, माघ २३, २०८२


  • तेल अभिब, इजरायल। तामाङ भाषा, भेषभूषा, धर्म, कला, लिपि, संस्कार तथा संस्कृतिको प्रवर्द्धन, संवर्द्धन र संरक्षण गर्दै ताम्सालिङ प्राप्तिका लागि एकजुट हुने मूल नाराका साथ सन् २०१० मा स्थापना भएको नेपाल तामाङ घेदुङ इजरायलले तामाङ समुदायको मुख्य पर्व मञ्जुश्री संवत् २८६२ त ल्हो (घोडा वर्ग) सोनाम ल्होछार भव्य रूपमा मनाउने भएको छ।

    घेदुङले यही आउँदो शुक्रबार, १३ फेब्रुअरी २०२६ का दिन तेल अभिबस्थित हगना १३५ (Hagana 135) मा सोनाम ल्होछार सांगीतिक साँझ २०२६ (Live Concert) आयोजना गर्न लागेको हो।

    कार्यक्रममा नेपालका चर्चित तथा लोकप्रिय युवा गायक छेवाङ लामा एन्ड द क्रिएटर (Chhewang Lama and The Creator) को विशेष प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

    नेपाल तामाङ घेदुङ इजरायलले इजरायलमा क्रियाशील विभिन्न धार्मिक, राजनीतिक, सामाजिक तथा राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू साथै इजरायलमा कार्यरत सम्पूर्ण नेपाली तथा नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

    कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको नेपाल तामाङ घेदुङ इजरायलका महासचिव पारश घिसिङ तामाङले बताएका छन।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology