लखनपुरमा रक्तदान,३६ पिन्ट रगत संकलन


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८


  • दमक,३ बैशाख । झापाको कमल गाउँपालिका वडा नम्बर ६ स्थित वडा कार्यालयमा शुक्रवार आयोजना गरिएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको छ ।

    नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सहकारी समन्वय समिति कमल ६ वडा समितिले आयोजना गरेको रक्तदानमा ६ महिलासहित ३६ जनाले रगतदान गरेका हुन् । रक्तदान जीवन दान भन्ने सन्देसका साथ आयोजना गरिएको खुला रक्तदानमा वडाध्यक्ष नरेन्द्र भट्टराई ,दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक त्रिलोचन अधिकारी लगायतले रगत दिएका आयोजक संस्था सहकारी समन्वय समिति कमल ६ का सचिव सागर रेग्मीले वताए ।
    रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो भने रक्तदाताहरुलाई गाउँँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी, सहकारी समन्वय समितिका अध्यक्ष धरणीप्रसाद भण्डारीलगायतले प्रंशसापत्र प्रदान गरेका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology