इजरायल | नेफिन इजरायल तथा नेफिन इजरायलमा आबद्ध सदस्य संस्थाहरूको संयुक्त आयोजनामा नेपालका प्रथम शहीद लखन थापा मगरको १४९ औँ स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। “रक्तदान, जीवनदान” भन्ने नारासहित हुने उक्त कार्यक्रमले इजरायली भूमिमा कर्म गर्ने नेपाली समुदायलाई जीवनदान दिने पुण्य कर्ममा सहभागी हुन आमन्त्रित गरेको छ।

यहि बिहीबार, १२ फेब्रुअरी २०२६ साँझ १७:००-२१:०० सम्म इजरायलको Palkira St 6, Tel Aviv, Israel (नेपाली डिस्को हल नजिक) हुन लागेको कार्यक्रममा नेफिन इजरायलका सचिव बिबस आले मगरका अनुशार “कर्मभूमिमा सक्रिय नेपालीहरुले सिर्जना गरेको समाजसेवा र मानवीय दायित्वलाई आत्मसात गर्दै रक्तदानमार्फत् जिवन रक्षामा सक्रिय भइदिन सबै दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं।
समुदायका सबै सदस्य, संघ-संस्थाका प्रतिनिधि तथा इच्छुक नागरिकहरूलाई सो कार्यक्रममा समयमै पुगेर रक्तदान गरी जीवनदान गर्ने काममा सहभागी हुन आयोजकहरूले बिनम्र अनुरोध गरेका छन्।