एम्बुलेन्स दुर्घटना हुदाँ एकको मृत्यु, अन्य तीन घाइते


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८


  • झिलझिले,२ बैशाख । एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना हुदाँ झापाको शिवसताक्षीमा विहिबार विहान एक जनाको मृत्युभएको छ ।
    शिवसताक्षी ११ दुधेस्थित सडकखण्डमा आज विहान करिब ४:२० बजे पूर्बबाट पश्चिमतर्फ आउदै गरेको ना. २१ च. ७९८४ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसका चालक ललितपुर,गोदावारी नगरपालिका ७ का ३० बर्षिय उत्सव घिमिरेको मृत्यु भएको हो । काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पु¥याएर फर्किने क्रममा एम्बुलेन्स सडक छेउको रुखमा ठोक्किएको थियो ।
    दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले वताए । दुर्घटना परेर अर्का घाइते एम्बुलेन्सका सहचालक ३० बर्षिय सन्तोष तामाङको भने बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
    त्यसैगरी झापाको कमल गाउँपालिका ५ स्थित रवि पेट्रोल पम्प नजिक पूर्व–पश्चिम लोकमार्गमा बुधबार साँझ पश्चिमवाट पुर्व आइरहेको ना.४ख ९१४६ नम्बरको खाली ट्रक र बिपरित दिशा पूर्ववाट पश्चिमतर्फ जादै गरेको मे.१प ९३१९ न. को मोटरसाइकल एकाआपसमा ठोक्किदा मोटरसाइकलमा सवार इलाम,चुलाचुली १ का १७ बर्षिय मंगलसिंह राई गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
    घाईतेको विराटनगरस्थित न्यूरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक चुलाचुली १ का २१ बर्षिय जर्मन लिम्बुको वाया हात, कुम र निधारमा चोट लागेको छ ।
    प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक कमल ५ का ५० बर्षिय भक्ती प्रसाद नेपाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology