सुकुम्वासीलाई बसोवासको व्यवस्था मिलाउँदै दमक


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, चैत्र ३०, २०७७


  • दमक,३० चैत। दमक नगरपालिकाले वास्तविक सुकुम्वासीलाई बसोबासको व्यवस्था मिलाउने भएको छ ।दमक नगरपालिकामा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो । नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अति विपन्नहरुलाई बैकल्पिक घरको ब्यवस्था गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको हो ।

    नगरपालिकाले पत्रकार भेटघाटमा नगर प्रमुख रोमनाथ ओलीले सुकुम्बासीको भावनामा खेलवाड गर्दै पछिल्लो समय नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा बर्षौदेखि बनाइएको व्यक्तिका घर टहरा हटाएर खाली गराउने बिषयमा अवरोध नगर्न आग्रह गरे ।
    २०७१ सालदेखि बारम्बार यस क्षेत्रका राजनीतिक दल एवम् पूर्व नगरप्रमुख एवम् जनप्रतिनिधिहरुले पटक–पटक नगरको सार्वजनिक जमिन संरक्षण गर्न सहमति जनाएको फेहरिस्त प्रस्तुत गर्दै नगर प्रमुख ओलीले आप्mनो प्रतिबद्धता र नगरस्तरमा भएको दलीय सहमति विपरीतका गतिबिधि नगर्न राजनीतिक दलहरुलाई आग्रह पनि गरे ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर प्रधानमन्त्रीको गृह नगरमा सुकुम्बासीहरुको घरमा डोजर लगाएको बिषय पछिल्लो समय सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमहरुमा एकोहोरो रुपमा आइरहेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको र वास्तविकता त्यस्तो नरहेको प्रमुख ओलीले तर्क गरे ।

    उनले वास्तविक सुकुम्बासी घरवारविहीन भएको भए त्यस्तो परिवार अहिले पनि घर पाउँने र बसोबासको पूर्ण ग्यारेन्टी नगरपालिकाले गर्ने स्पष्ट पारे ।
    बाहिर जग्गा जमिन एवम् घर भएर यहाँ ठाउँ ओगट्नेलाई नगरपालिकाले छुट्टै घर दिन नसक्ने तर वास्तविक रुपमा नै घर नभएका सुकुम्बासीलाई भने बसोबासका लागि आवासको बन्दोबस्त गरिने प्रमुख ओलीले बताए । घर तथा जमिन खाली गराउनका लागि बारम्बार सूचना निकालेर यहाँ बसोबासीहरुसंग छलफल गरेर नै खाली गराइएको बताउँदै कसैले पनि वास्तविकतालाई तोडमोड गरेर गैह्रजिम्मेवारीपन देखाउन नमिल्ने उनको धारणा छ ।
    आधा दर्जनभन्दा बढी सुकुम्बासी घर परिवारहरु एक बर्षअघि नै नयाँ बस्तीमा बनेको घरमा गएर बसेको र केहीले आफै व्यवस्थापन हुने भनेपछि आर्थिक सहयोग समेत नगरपालिकाले गरेको उपप्रमुख गीता अधिकारीले बताइन् । हामीले घर बस्न चाहनेलाई नमूना बस्तीमा घर र नचाहनेलाई घरभाडा बापत रकम पनि दिएका छौं– उपप्रमुख अधिकारीले भनिन् ।
    अधिकारीले बारम्बारको सबैको आग्रह अनुसार नै सार्वजनिक सम्पत्ति संरक्षणको दायित्वलाई सम्झेर अहिले अतिक्रमित क्षेत्र खाली गराउन खोजिएको जिकिर गरिन् ।

    वास्तविक सुकुम्बासीहरुको ब्यवस्थापन हाम्रो अर्थात् स्थानीय सरकारको दायित्व हो र हामी यसबाट भाग्दैनौं– उनले भनिन् । उनले दमक–७ स्थित हाल खाली गराइँदै गरेको क्षेत्रमा बन्ने नयाँ सपिङ कम्प्लेक्समा सोही ठाउँमा यस अघि व्यवसाय गरेर बसेका व्यवसायीहरुलाई नै पहिलो प्राथमिकता दिइने उपप्रमुख अधिकारीले बताइन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology