दमक,२७ चैत । पत्रकार समेत रहेका व्यवसायी कृष्ण कार्कीको अध्यक्षतामा झापामा नेपाल पूँजीबजार लगानीकर्ता संघ गठन भएको छ । आज दमकमा भएको कार्यक्रममा कार्कीको अध्यक्षतामा जिल्लास्तरिय संघ गठन गरिएको हो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यता तथा नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको अध्यक्षतामा नेपाल पूँजीबजार लगानीकर्ता संघ झापा जिल्ला कार्यसमिति गठन गरिएको जनाइएको छ ।

नव गठित संघको उपाध्यक्षमा दिपेश प्रसाई, महासचिवमा रमेश लुइँटेल, कोषाध्यक्षमा हेमराज घिमिरे,सचिबमा राहुल साह र सदस्यहरुमा निरज आचार्य, दुर्गा प्रसाई, सरिता कटुवाल,अम्बर बहादुर चौहान, सन्तोष राई, चुडामणी खतिवडा, नेत्र प्रसाद लुइटेल , विवेक नेपाल चयन भएका छन् । कार्य समिति घोषणा सभामा दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, दमक बैंकर्स संघका अध्यक्ष राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
संघ गठनसंगै सेयर बजार सम्बन्धी आधारभूत तालिम पनि दमकमा सम्पन्न भएको छ । नेपाल पूँजीबजार लगानीकर्ता संघ प्रदेश एकको आयोजना तथा दमक जेसीजको सहयोगमा भएको तालिमलाई नेपाल पूँजीबजार लगानीकर्ता संघ प्रदेश एकका संयोजक सुबासचन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा शेयर कारोबार गर्दा ध्यान दिनु पर्ने आधारभूत कुराहरू बारेमा जानकारी गराइएको थियो । तालिममा ५० बढी नयाँ लगानी कर्ताको उपस्थिति रहेको थियो । तालिममा नेपाल पूँजीबजार लगानीकर्ता संघकी केन्द्रिय अध्यक्ष राधा पोख्रेल संग प्रशिक्षार्थीहरुले अन्तरक्रिया गरेका थिए ।