दमक,१० बैशाख । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको अध्यक्षमा पुनः देवेन्द्र मावोहाङ चेम्जोङ चुनिएका छन् ।दमक- ७ स्थित किरात रायलि भवनमा सम्पन्न दशौ नगर अधिबेशनले पुनः चेम्जोङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचित प्रमाणपत्र ग्रहण गर्दे अध्यक्ष चेम्जोङ

९ सदस्यीय सर्वसम्मत गठित समितिको उपाध्यक्षमा ओममाया शेर्मा (आङदेम्बे ), सचिबमा सुक बहादुर सोदेम्बा, सह–सचिवमा चन्द्र बहादुर कन्दङवा र कोषाध्यक्षमा इन्द्र बहादुर सम्बाहाम्फे चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा क्रमशः रमा केरुङ (शेर्मा ), तुलसी कुमार आङदेम्बे, कमला योङहाङ (लाओती ) र गंगा सुब्बा चयन भएका छन् । नवनिर्वाचित समितिलाई आज साँझनै सपथग्रहणसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
नयाँ नेतृत्व चयन गर्न चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लाओतीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गरिएको छ । यसअघि अधिबेशनको उद्घाटनका अवसरमा चुम्लुङले नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य बिष्णु सुब्बा,व्यवसायी,सञ्चार उद्यमी सहित ज्येष्ठ नागरिक , उच्च शिक्षा हासिल गर्ने लिम्बू विद्यार्थीहरुलाई समेत सामूहिक रुपमा सम्मान गरेको हो ।