चुम्लुङद्धारा दमकमा एक दर्जन बढी सम्मानित


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८


  • दमक,१० बैशाख । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले विभिन्न क्षेत्रका व्यक्तिलाई सामूहिक रुपमा सम्मान गरेको छ । चुम्लुङ दमकको दशौ अधिबेशनको उद्घाटनका अवसरमा शुक्रवार यहाँ नेपाल पत्रकार महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका पत्रकार बिष्णु सुब्बा आङदेम्बेसहित चुम्लुङ अभियानमा महत्वपूर्ण योगदान पुरयाँउने एक दर्जन बढी व्यक्तिलाई सम्मान गरेको हो ।

    सम्मानित गरिदै पत्रकार सुब्बा

    किरात भवनमा आयोजित कार्यक्रममा पत्रकार सुब्बासहित चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा,गुमानसिंह सम्बाहाम्फे, सञ्चार उद्यमीका तर्फवाट सप्तरङी एमएमका अध्यक्ष मेहरमान लिङदेन, साहित्यकारका तर्फवाट सेसेमी नाल्वो ,व्यवसायीहरुतर्फ श्रीजंगा टे«र्डसका सञ्चालक वर्त सुब्बा, विक्रम थाङदेन, निङवाहाङ थेवे र व्यवसायी मनप्रसाद योङहाङलाई सम्मान गरिएको थियो ।
    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चुम्लुङकी केन्द्रीय महासचिव निरन्ती तुम्बापो,केन्द्रीय सल्लाहकार जितबहादुर लावती,केन्द्रीय सदस्य बिष्णुमाया चेम्जोङ लगायतले दोसल्ला, सम्मान पत्रले सम्मानित गरेका थिए ।
    त्यस्तै, सोहि अवसरमा चुम्लुङले दमकबाट स्नाकोत्तर गर्ने चार जना लिम्बू विद्यार्थीहरु, ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको थियो । स्नाकोत्तर अध्ययन पूरा गरेका यूरोपराज फागो,विवस तुम्बापो,गुरासी तुम्बापो र विभेक फागोलाई सम्मन प्रदान गरिएको हो ।
    १४ ज्येष्ठलाई सम्मान
    चुम्लुङले ज्येष्ठ सदस्यहरुको दिर्घ जीवनको कामना गर्दे एकैसाथ १४ जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा दमक १ बाट टेकबहादुर योङहाङ,धनबहादुर लिम्बू, कर्णबहादुर आङदेम्बे,रुद्रवहादुर आङदेम्बे, दमक ७ बाट प्रेमबहादुर लोरिङदेन,बृखबहादुर लाओती, दमक १ कै डम्बर वहादुर आङदेम्बे,गुनमाया लाओती, पूर्णिमाया लिम्बू, मनमाया फियाक सम्मानित भएका छन् । त्यस्तै, दमक ५ की लिलाकुमारी निङलेखु, धनकुमारी लिम्बू, दमक ६ की बलमाया जवेगुलाई सम्मान गरिएको थियो ।
    सोहि अवसरमा चुम्लुङको नयाँ आजीवन सदस्य लिनेहरुलाई प्रमाणणत्र समेत प्रदान गरिएको थियो ।
    चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा भएको अधिबेशन उद्घाटनमा विभिन्न जातिय संस्थाका प्रतिनिधि,लिम्बू समुदायका अग्रजहरुले शुभकामना मन्तय राखेका थिए । अधिबेशन उद्घाटनमा चुम्लुङका अध्यक्ष चेम्जोङले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन सुकबहादुर सोदेम्बा र चन्द्र कन्दङवाले सञ्चालन गरेका थिए । त्यस्तै, चुम्लुङकी नगर उपाध्यक्ष ओममाया आङदेम्बेले स्वागत मन्तव्य राखेकी थिइन् ।
    अधिबेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गरिने जनाईएको छ । नयाँ नेतृत्व चयन गर्न चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लओतीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गरिएको छ ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology