जीवनचक्र समाजको शुभकामना आदानप्रदान कार्यक्रम


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, बैशाख १, २०७८


  • दमक,१ बैशाख । सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी जनचेतनामूलक सामाजिक कार्यमा क्रियाशील संस्था सामाजिक कार्यमा क्रियाशील जीवन चक्र समाज नेपालले आज दमकमा शुभकामना आदान प्रदानसहित उत्कृष्ठ चालकलाई सम्मान गरेको छ ।
    नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले नयाँ वर्षलाई विकृतिरहित भाइचारा बनाउन खाचो रहेको औल्याएका थिए ।


    समाजका सदस्य यज्ञ प्रसाद आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा ,सार्वजनिक यातायात राष्ट्रिय महासंघ प्रदेश नम्बर १ का अध्यक्ष महेन्द्र अधिकारी पूर्व डिएसपी जीवन कुमार श्रेष्ठ ,यातायात व्यवसायी गंगा सिटौला,गणेश सर्जिकलका गणेश प्रधान ,एभरेस्ट सपिङ्ग सेन्टर दमकका प्रोपाइटर रोहित आचार्य,रोटरी क्लबका पूर्व अध्यक्ष संदिप चापागाईं,इलाका ट्राफिक प्रहरीका प्रमुख दिलिप कुमार चौधरी ,पत्रकार सुदिप अधिकारी ,केदार पौडेल लगायतको उपस्थिति रहेको थियो ।
    सो अवसरमा समाजका अध्यक्ष गणेश गौतमले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमका बारेमा सचिव बेनुराज प्रसाईले प्रकाश पारेको संस्थाका प्रवक्ता प्रदिपराज पौडेलले जानकारी दिए । कार्यक्रममा संस्थाले उत्कृष्ठ चालकका रुपमा मणि कुमार राई,राजकुमार बिकलाई माला दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
    कार्यक्रमलाई सफल बनाउन सहयोगी रुपमा गणेश सर्जिकल तथा निम्स हस्पिटलका संचालक गणेश प्रधान र पाण्डे इन्ड्रटिजका गंगा सागर पाण्डेले माक्स उपलब्ध गराएका थिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology