वंशावली शंसोधन समिति र तिगेला खेवाहाङ चुम्लुङ पुनर्गठन


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८


  • धनकुटा,९ बैशाख । तिगेला खेवाहाङ चुम्लुङले शिव तिगेलाको अध्यक्षतामा १७ सदस्यीय ‘तिगेला खेवाहाङ वंशावली संशोधन र अध्यावधि मूल कार्य समिति’ गठन गरेको छ । तिगेला खेवाहाङ चुम्लुङलका जेष्ठ सदस्य जितमान तिगेलाको अध्यक्षता शनिबार धनकुटा फक्लेण्ड टापुस्थित शिव तिगेलाको निवासमा भएको एक भेलाले उक्त समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षद्वयमा जितमान तिगेला (इलाम ) र मोहन प्रसाद तिगेला (सुनसरी), सचिवमा भिम तिगेला (धनकुटा ), कोषाध्यक्षमा भिम तिगेला (सुनसरी ) सह–सचिवमा जय प्रकास तिगेला (तेह्रथुम ), चयन भएका छन् ।
    यसैगरि सदस्यहरुमा डा.कमल तिगेला (ललितपुर ), खड्क तिगेला (काठमाण्डौं ), रनवीर तिगेला (पान्थर ), मतिराम तिगेला (झापा ), रोशन तिगेला (मोरङ ), कमलसिं तिगेला (धनकुटा ), तोर्णदिप तिगेला (धनुकुटा ), अरुण तिगेला (तेह्रथुम ), कमलदिप तिगेला (धनकुटा ), लालकुमार तिगेला (धरान ), प्रकाश तिगेला (भोजपुर ) रहेका छन् ।

     


    त्यसैगरी ११ सदस्यीय गठित सल्लाहकार समितिमा सन्तोष तिगेला (छथर ) गाउँपालिका अध्यक्ष , थानाहाङ तिगेला (जिल्ला समन्वय समिति सदस्य तेह्रथुम ), उत्तरमान तिगेला (युके सोलिसिटर ), क्या.गजरधन तिगेला (युके ), गंगाहाङ तिगेला (धनकुटा ), खडक तिगेला (तेह्रथुम ¬, खर्क तिगेला (हङकङ ¬, टेकराज तिगेला (तेह्रथुम ¬, विश्वासद्विप तिगेला (युके ¬, लालबहादुर तिगेला (सुनसरी ¬, भक्त तिगेला (अमेरिका ¬ रहेका छन् ।
    यस्तै, कोषाध्यक्ष भिम तिगेलाको संयोजकत्वमा गठित आर्थिक समितिमा पदम तिगेला (तेह्रथुम ), कृष्ण तिगेला (धनकुटा ), भिमबहादुर तिगेला (पान्थर ), दिपक तिगेला (इलाम ), हर्क तिगेला (झापा ), धनबहादुर तिगेला (मोरङ ), खगेन्द्र तिगेला (सुनसरी ), उत्तरमान तिगेला र विश्वासदिप तिगेला (युके ), खर्क तिगेला (हङकङ ), थर्कदिप तिगेला (जापान ), रोशन तिगेला (अष्ट्रेलिया ), गोपाल तिगेला (द.कोरिया ), खगेन्द्र तिगेला (भारत ), भक्त तिगेला (अमेरिका ) , सनमान तिगेला (नेदरलैण्ड ) र शुकबहादुर तिगेला (क्यानडा ) रहेका छन् ।
    त्यसैगरी ‘तिगेला खेवाहाङ चुम्लुङ’ ले तिगेला खेवाहाङ वंशावली लेखन तथा सम्पादनका लागि डा. कमल तिगेला लिम्बूलाई जिम्मेवारी दिनुका साथै तथ्यांक संकलन तथा व्यवस्थापनको जिम्मा खड्क तिगेलालाई जिम्मा दिने निर्णय गरेको छ ।
    साईनोले जेठो लालकुमार तिगेलाको प्रमुख आथित्यमा ‘निङवा तङगर आदङलो, फक्ताङ तङगर सिंपङलो’ भन्ने नाराका साथ व्यानर पढेर उद्घाटन गरिएको सो समारोहमा भेलाको औचित्य माथि प्रकाश डा. कमल तिगेला लिम्बूले गरेका थिए ।
    परिचय कार्यक्रमबाट प्रारम्भ भएको सो भेलामा तेह्रथुम, धनकुटा, भोजपुर, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुरका तिगेला खेवाहाङहरुको सहभागिता रहेको थियो ।
    विसं. २०५४ सालमा प्रकाशित ‘मानव उत्पति र खेवा वंशावली’ का मस्यौदाकार शिव तिगेलाले विभिन्न जिल्लाबाट आएका तिगेला वंशहरुलाई स्वागत गर्न भएको थियो भने भेलामा काठमाण्डौका खड्क बहादुर तिगेलाले छलफलका लागि प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
    करिब ४० जना सहभागि रहेको उक्त भेलालाई सम्बोधन गर्दै छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला खेवाहाङहरुको यस कार्यक्रम ऐतिहासिक भएको टिप्पणी गरे ।
    उनले वंशावली प्रकाशन र छथरे भाषा एवम् किरात सिरिजंगा लिपीमा पठन पाठनका लागि गाउँपालिका सरकारबाट आर्थिक बजेट छुटाउन आफु तयार रहेको बताए । यसैगरी उनले आगमी खेवाहाङ चुम्लुङ थिवोङ याक्थुङ यक (दश लिम्बू मध्येको गढ )ताक्लुङ स्थित तागेरा तुरुम फुकु (ओढार ) मा गर्न प्रस्ताव समेत गरेका छन् ।
    डा. कमल तिगेलाका अनुसार उक्त फुकु (ओढार ) खेवाहाङहरुको उत्पतिस्थलको रुपमा मानिन्छ । सो ओढारबाट उत्पति भएकाहरु, काठमाण्डौं उपत्यकाबाट राजधानी सार्ने किरात राजघरनाहरु, नागाहरु, खादी, लेप्चा, मोरङगे राजाका सन्ततिहरुको समष्ठिगत रुपनै आजको खेवाहाङ राष्ट्र भएको उनले बताए ।
    आदिवासी र मूलबासी किरात याक्थुङ (लिम्बू )हरुको परम्परागत र प्रथाजनित संस्था ‘चुम्लुङ’ अन्तरगत पुनरस्थापित पुनर्गठित ‘तिगेला खेवाहाङ चुम्लुङ’ को हाङ डा.कमल तिगेला खेवाहाङलाई सो भेलाले समेत चयन गरेको छ ।
    सो भेलामा हाङ डा.तिगेलाद्वारा प्रस्तुत चुम्लुङको संरचना तुतु– तुम्याङरयारुला सुहाङ, नालि–थाङवेनरसिसा–मेन्छ्या, पेगिफाङ्साम, पासिङ रहने छन ।
    जसमा हाङ (कार्यकारी प्रमुख र संयोजक (अध्यक्ष ), तुम्याङ (न्यायिक ), फासिङ (आर्थिक ), इङमेबा (सरदार ), योक्थोक्वा (राजदुत ), सिजोरा इङमेसा (सूचना संचार ), थक्सुबा (योद्धा÷लडाकु दस्ता ) आदि रहनेछन् । प्रस्तुत अवधारणा अनुसार ‘तिगेला खेवाहाङ चुम्लुङ’ ले उपनिवेशवादी आधुनिक संस्थाका संरचनाको सट्टा आदिवासी र मूलबासी किरात याक्थङ (लिम्बू )हरुको परम्परागत र प्रथाजनित संस्था ‘चुम्लुङ’ को संरचनालाई अवलम्बन गर्ने निर्णय उक्त भेलाले गरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology