लखनपुरमा रेडक्रसको स्वास्थ्य शिविर


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८


  • दमक,३ बैशाख । नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले शुक्रवार कमल ६ स्थित वडा कार्यालयमा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।उपशाखासहित स्थानीय सहकारी संस्थाहरुको सहआयोजना तथा आम्दा अस्पताल दमक र ओम शान्ति डेन्टल दमकको प्राविधिक सहयोगमा एकदिने बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    शिविरमा त्यस क्षेत्रका तीन सय विरामीहरु लाभाव्दित भएको रेडक्रस सचिव पारषमणि राईले जानकारी दिए । शिविरमा दन्तका ५५,छाला ४४,फिजीसियन ७८,बालरोग ४७ र महिला ५१ गरी जम्मा २७५ जनाले सेवासहित औषधी पाएका थिए ।
    शिविरमा आम्दाकी स्त्री रोग विशेषज्ञ डा. पबिना कट्टेल, बालरोग बिशेषज्ञ डा. सत्यनारायण चौधरी, छाला रोग विशेषज्ञ डा. दिपायन पाण्डे, फिजीसीयन डा. शेखरचन्द शाह ,ओम शान्ति डेन्टलकी दन्त चिकित्सक डा.संगीत राई र समिता शाह लगायतका स्वास्थ्यकर्मीको टोलीले सेवा पुरयाँएका थिए । विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको रेडक्रस सभापति चन्द्र शाहले वताए ।
    शिविर सम्पन्न गर्न स्थानीय लखनपुर साना किसान सहकारी संस्था, चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था, सुम्निमा कृषि सहकारी संस्था,स्वर्णकमल बचत तथा ऋण सहकारी संस्थाले समेत व्यवस्थापनमा सहयोग पुरयाँएका थिए ।
    शिविरमा रेडक्रस १ नम्बर प्रदेहश समितिका कोषाध्यक्ष ओमप्रकाश गौतम, रेडक्रस झापाका कोषाध्यक्ष हेम खड्का, कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई ,रेडक्रसकर्मीहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology