अम्याङ्साको एकैसाथ तीन कृति विमोचन


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, बैशाख १, २०७८


  • दमक,१ बैशाख । साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको बिमोचन गरिएको छ ।दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा मंगलवार यहाँ एक कार्यक्रमका बीच सञ्चारकर्मी समेत रहेका श्रष्टा अम्याङ्साको विरासतको जोखना (गजल संग्रह ) २०७७, रेष्टुराँको सटरभित्र (रुबाइ संग्रह ) २०७७ र रैथाने (हाइकु संग्रह ) २०७७ को एकैसाथ विमोचन गरिएको हो ।


    याक्थुङ् साहित्य प्रतिष्ठानको आयोजनामा दमकस्थित एसजी होटलको सभाहलमा भएको कार्यक्रममा गजलकार विवश वलिभद्र कोइरालाले विरासतको जोखना गजल संग्रह, फरक आयाम अभियान्ता साङ्सेन पंधाकले रेष्टुराँको सटरभित्र रुबाइ संग्रह, र दमक प्रज्ञा प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले रैथाने हाइकु संग्रह माथि समिक्षा-टिप्पणी गरेका थिए ।
    भाषिक आन्दोलनका अभियान्ता अम्याङ्सा नाम्गेत लिम्बुवान र पोक्लाबाङ् पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक पनि हुन् ।
    डेढ दशकदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साले यसअघि संक्षिप्त किरात इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू बंशावली दस्तावेज , मुक्तु (हाइकु संग्रह ) २०७७ प्रकाशित भएका छन् ।
    कार्यक्रममा साहित्यकार राजकुमार सुब्बा अनिश्चित, बिराट किराती, सुमित्रा वाङ्देल चेली, पुष्पहाङ् लोरिङ्देन लोवा, सपना कन्दङ्वा, इछिङ्सा सङ्बाङ्फे, रंगकर्मी वनेम विक्रम फागो, सञ्चरकर्मी सङ्सेमी माङ्युङ्, भवानी आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।
    याक्थुङ् साहित्य प्रतिष्ठान झापा अध्यक्ष सेसेमी से–नाल्बोको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी कोषाध्यक्ष रचना लाओतीले गरेकी थिइन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology