कियाचु पाँचथरको नयाँ नेतृत्व ,अध्यक्षमा आङ्देम्बे


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०७७


  • पाँचथर ,१७ चैत । लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ पाचँथरको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको सम्पन्न आठौं जिल्ला अधिबेशनले महेन्द्र कुमार आङ्देम्बेको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।


    निर्वाचित समितिको उपाध्यक्षमा सुरेन शिशिर केरुङ ,सचिवमा सुबास तुम्बापो,सहसचिवमा पदम मेन्योङबो र कोषाध्यक्षमा सीमा तुम्बापो चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सन्देश सुब्बा,टिकामाया नेम्बाङ,कमल हाङ्सरुम्बा,जितेन चेम्जोङ,मनकुमार आङ्देम्बे,रोशन लावती,घनेन्द्रकुमार शेर्मा ,उपेन्द्र येक्तेन,नरेश काम्बाङ,गर्जमान नेम्बाङ,गणेश तुम्रोक,इन्दिरा मेयोङ्हाङ,सम्झना योङ्हाङ,निर्मला आङ्थुपो,मोतिहाङ केरुङ,सम्झना थोक्लिहाङ चुनिएका छन् ।
    त्यस्तै, अधिबेशनले जिल्ला परिषद सदस्यहरुमा नारायणप्रसाद नेम्बाङ,पूर्ण जबेगु,कुमार यवा मौसम,सुर्यकला कन्दङ्वा,सुक्मिता केरुङ,टिकाध्वज आङ्देम्बे र प्रतिमा आङ्देम्बे तथा चुम्लुङ राष्ट्रिय सदस्यहरुमा नरेन्द्रराज केरुङ ,रघुबीर नेम्बाङ र सागर केरुङ चुनिएका छन् ।
    ‘लिम्बुवान स्वायत्तता,हाम्रो प्रतिबद्धता ’ भन्ने मूल नाराका साथ सम्पन्न अधिबेशनमा चुम्लुङको गाँउ ,नगर शाखाको उल्लेखीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology