सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०७७


  • बिर्तामोड, १३चैत । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान गरिएको बिर्तामोड शाखा प्रमुख टंक पौड्यालले जानकारी दिए ।

    ग्लोबल मनी विकको अवसर पारेर बैंकले पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा बैंकका प्रदेश १ प्रमुख राजेश ढकालले टेम्पु चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेर अभियानको उद्घाटन गरका थिए ।

    कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख ढकालले बैंकले आफना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गरे । उनले यातायातका अन्य साधनहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    बिर्तामोड शाखा प्रमुख पौड्यालले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा प्रस्ट्याएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका रिलेसनसिप मेनेजर राजु श्रेष्ठले गरेका थिए । कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बाँस्तोलाले सिभिल बैंकले उपलब्ध गराएको क्युआर कोडले चालकहरुलाई स्मार्ट बनाउने बताए । उक्त अवसरमा टेम्पु सवारी चालकहरुलाई बैंकको तर्फबाट चालक पोशाक पनि वितरण गरिएको थियो ।

    समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले करिब ८१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७६ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology