सूर्यदर्शन सहकारीमा निशुल्क क्यूआरआर कोड वितरण, नगदरहित कारोबारमा पहिलो भएको दाबी


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, चैत्र ८, २०७७


  • दमक,८ चैत ÷दमकको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै नगदरहित कारोबार गर्न सकिने सुविधा प्रदान गरेको छ । संस्थाले मोवाइलबाटै कारोबार गर्न सकिने ( फोन पे सहित) क्यू आर कोड निशुल्क वितरण गरेर प्रविधिमैत्री नगदरहित कारोबारको सुविधा उपलब्ध गराएको हो ।

    सो संस्थाको क्यू आर कोडमा नेपालका सबै बैंक तथा वित्तिय संस्थाको मोवाइल एपबाट स्क्यान गरि सामान खरिद गर्न सकिने सो संस्थाले जनाएको छ । त्यस किसिमको सुविधा ल्याउने सहकारीहरु मध्ये सूर्यदर्शननै पहिलो भएको दाबी संस्थाले गरेको छ ।

    आज ( शनिबार) संस्थाको दमक ६ स्थित कार्यालयमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले संस्थाका सदस्यद्धय ६९ ब्राण्डेड वेयरका प्रोप्राइटर प्रेमकुमार गिरी र कलर्स वेयरका प्रोप्राइटर गोविन्द सेनेहाङलाई सो क्यूआरकोड हस्तान्तरण गरेर सो कार्यको शुभारम्भ गरे । प्रवन्ध निर्देशक भण्डारीका अनुसार संस्थाका सबै बजार प्रतिनिधिहरु मार्फत पहिलो चरणमा ३५० व्यापारिक स्थलमा संस्थाका सदस्यहरुलाई सो क्यू आर कोड प्रदान गरिनेछ । साथै संस्थाले मोवाइल बैंकिङ सेवाको प्रयोग गरी हाल विजुली, पानी, मोवाइलको रिचार्ज, इन्टरनेट, टेलिभिजन केवलको बिल तिर्न सकिने सुविधा यस अघिदेखिनै उपलब्ध गराउँदै आएको छ ।

    त्यस्तै बैंकमा रकम ट्रान्सफर, कार्डलेस एटिएम, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इसेवा, खल्ती, आइएमइ, प्रभु पे लोड, हवाई टिकट खरिद, ट्राफिक प्रहरीद्धारा असुल गरिने जरिवाना, मेरो शेयर-डिम्याट शुल्क भुक्तानीको पनि सुविधा सञ्चालनमा रहेको जानकारी दिइएको छ । निकट भविष्यमा संस्थाले एटिएम सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरिएको प्रवन्ध निर्देशक भण्डारीले बताए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology