वाणिज्य संघको मतपरिणाम : लोकतान्त्रिक प्यानलको फराकिलो मतान्तर


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, फाल्गुन १७, २०७७


  • विर्तामोड,१७ फागुन । विर्तामोड उद्योग वाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ ।
    मतदान सम्पन्न भएपछि गएरातिदेखि मतगणना शुरु भएको थियो । १८४१ मत सार्वजनिक गरिदाँ लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १०५० मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ७५२ मत ल्याएका छन् ।

    त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १०२१ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ७५३ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले ९३९ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ८१६मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले ११०७ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ६१६मत ल्याएका छन् ।
    महासचिवमा अर्जुनकुमार मैनालीले ८६२ र उनका प्रतिष्पर्धामा रहेका रविन्द्र भट्टराइले ८८२ मत प्राप्त गरेका छन् ।
    त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १२३८ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ४९६ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ८१० मत ल्याउँदा कृष्ण पौडेलले ९३० मत ल्याउन सफल भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १०४३ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ७०२ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले ९४७ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरोलले ७८० मत ल्याएकी छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology