११ वर्षपछि काँकडभिट्टा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, माघ १४, २०७७


  • काकड्भिटटा,१४ माघ। निर्माण सम्पन्न भएको ११ वर्षपछि नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाहको सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत् ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालिलाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी दिइएको हो ।


    सो कम्पनीले ५ वर्षको सञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ । उक्त बोलपत्र प्रक्रियामा ५ वटा कम्पनीले सहभागिता जनाएका थिए । जसमा विराटनगरको ट्रान्स नेपालका अतिरिक्त काठमाडौंको एटलस एलाइड जेभी, काठमाडौंकै नेपाल ट्रान्जिट एण्ड वायरहाउजिङ कम्पनी, वीरगञ्जको प्रिस्टाइन भ्याली ड्राइपोर्ट जेभी र कोलकत्ताको अपना हाइवे जेभी सहभागी थिए ।

    यो बन्दरगाह नेपाल र बंगलादेशबीचको व्यापारका लागि सबैभन्दा नजिकको बन्दरगाह हो । एशियाली विकास बैंकको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको उक्त बन्दरगाह सन् २०१० देखि सञ्चालनमा छ ।

    हालसम्म पटक पटक प्रयास भएर पनि सञ्चालक कम्पनी छनौट हुन नसकेपछि सुरुदेखि नै यो ड्राइपोर्ट सञ्चालनको जिम्मा समिति आफैंले गर्दै आएको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology