दमक,४ माघ । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आफनो १० औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।शनिवार शिवसताक्षीको धार्मिक तथा पर्यटकीयस्थल दोमुखामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको व्यवस्थापक कुवेर तुम्बापोले जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रममा सहकारीका अध्यक्ष पदम लिङदेन (संकल्प ) ले सहकारीको कानुनी व्यवस्था र समसामयिक विषयगत सम्बन्धी विचार राखेका थिए । त्यस्तै सचिव दिलीप जवेगुले संस्थागत गतिबिधि ,आगामी योजना तथा कार्य तयारी र पूर्व सचिव देशराज नेम्बाङले संस्थाको आपसी समन्वयका बारे तथा लेखा सदस्य बिरबहदुर लाओतीले अनुशासन तथा सम्बेदनसिलताका विषयमा आ–आफनो विचार राखेका थिए । त्यस्तै, सहकारीका संस्थापक अधयक्ष मेहरमान लिङदेनसहित विर्तामोड,झिलझिले सेवा केन्द्रका सञ्चालक समितिका प्रतिनिधिहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष महेन्द्र चाम्लिङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाका सञ्चालक सदस्य समेत रहेका मनोरञ्जन उपसमितिका संयोजक टेकनथ अधिकारी लगायतको समूहले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यस्तै, कार्यक्रमको सञ्चालन संस्थाकी लेखापाल प्रतिमा राईले गरेकी थिईन् ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष फुलकुमारी आङ्देम्बे लगायत सञ्चालक समिति,लेखा समिति,सेवा केन्द्रका सञ्चालक समिति ,विभिन्न उपसमिति साथै कर्मचारीको उपस्थिति रहेको थियो ।