‘दमक जेसीजमा मेरो निरन्तरतानै दाबीको पहिलो आधार ’


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, पुस १८, २०७७


  • सञ्जिब बराल– दमक जेसीजका महासचिव संगै दमकको व्यवसायिक क्षेत्रमा स्थापित र सामाजिक क्षेत्रमा उदाउँदो युवा व्यक्तित्व हुन । दमकस्थित चुलाचुली बोर्डिङ स्कूलबाट २०५८ सालमा एसएलसी उत्तिर्ण गरेका बरालले मोडल क्याम्पसबाट कक्षा १२ उत्तिर्ण गरी दमक बहुमुखी क्याम्पसमा स्नातक तह सम्मको अध्ययनसंगै दमकको मुख्य बजार क्षेत्रमा लामो समयदेखि रेडिमेड कपडाको व्यवसाय गर्दै आएका छन ।

    बराल युवाहरुलाई संगठित गर्दै उनीहरुको व्यक्तित्व र नेतृत्व बिकासमा योगदान दिदैं आएको अन्तराष्ट्रिय सञ्जाल भएको सामाजिक संस्था जेसीजमा सन २०१४ देखि आवद्ध छन । उनले आवद्धतासंगै दमक जेसीजको विभिन्न पदमा रहेर यसअघि आफनो जिम्मेवारी पूरा गर्दै आएका छन । हाल दमक जेसीजमा महासचिव पदको जिम्मेवारी सम्हालिरहेका बरालले दमक जेसीज बर्ष २०२१ का लागि यही पुस २५ गते हुन लागेको ४०औ साधारणसभामा अध्यक्षका मुख्य दावेदार हुन् । प्रस्तुत छ : दमक ६ निवासी युवा व्यक्तित्व बरालसंग जेसीजको सेरोफेरोमा गरिएको कुराकानी ।

    -तपाइँ जेसीजमा कसरी आवद्ध हुनुभयो ?
    मैंले फाट्टफुट्ट रुपमा दमकमा क्रियाशील रहेको दमक जेसीजका गतिबिधिहरुलाई नियालिरहेको थिएँ । अग्रजहरुले त्यसबेला दमक जेसीजको नेतृत्व दिँदै आफनो नेतृत्व र व्यक्तित्वको विकास गरिरहेको मैंले बुझें । हामीले आफनो व्यक्तिगत काम व्यवसायहरु मात्रै गरेर नहुने रहेछ समुदायका लागि पनि केही योगदान गर्नुपर्छ र त्यसका लागि सबैभन्दा पहिला आफैं सक्षम हुनुपर्छ भन्ने मेरो बुझाई थियो । त्यही बेला सन २०१० मा दमकमा नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन भएको थियो । मैंले जेसीजप्रति यूवाहरुको आकर्षण यसको उद्धेश्य र महत्वका बारेमा त्यतिबेला नै धेर थोर जानकारी पाएँ । पछि मैंले सन २०१४ मा दमक जेसीजको सदस्यता लिएको हुँ ।

    -अहिले सम्म कुन कुन पदमा जिम्मेवारीहरु सम्हाल्नु भयो ?
    सन २०१४ मा दमक जेसीजको सदस्य भएपछि म संस्थाको निर्णय र अग्रजहरुको सल्लाह सुझाव अनुसारनै यसका गतिबिधिहरुमा सक्रिय भएर लागें । मेरो सक्रियतालाई देखेरनै सबै अग्रज तथा समकालिन साथीहरुले सन २०१६ मा उपाध्यक्षको जिम्मेवारी दिनु भयो । २०१७ मा सचिव, २०१८ मा प्रकरण निर्देशक, २०१९ मा कार्यकारिणी उपाध्यक्ष हुँदै भर्खरै वितेको २०२० मा मलाई दमक जेसीजको महासचिवमा जिम्मेवारी दिनुभएको थियो । कूशलतापूर्वक मैंले मेरो जिम्मेवारी निर्वाह गरेको छु भन्ने मलाई लाग्छ त्यो मैंले भन्दा पनि दमक जेसीजका आम सदस्यहरु र अग्रजहरुले मूल्याङकन गर्नुनै भएको होला भन्ने लागेको छ ।

    -जेसीजमा यतिका समय लाग्नु भयो जेसीज आफनो उद्धेश्यमा केन्द्रित छ ?
    पहिलो कुरा त जेसीज भनेको यूवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने थलो नै हो मैंले पनि त्यही बुझेर आएको हुँ । यसको मूल उद्धेश्य ४० बर्ष भन्दा कम उमेर समुहका यूवाहरुको व्यक्तित्वको विकास गर्दै समाजको नेतृत्वका लागि सक्षम बनाएर समाजमा हस्तान्तरण गर्नु हो । जेसीजबाट समाजमा स्थापित सबै जेसीहरु कुनै न कुनै रुपमा यही समाजको नेतृत्वमा हुनुहुन्छ । यो नै दमक जेसीजको सफलता पनि हो भन्ने मलाई लागेको छ ।

    -अध्यक्ष पदमा नै तपाइँको दाबी किन र ?
    पहिलो कुरा त मैंले अघिनै भनिसकें मैंले दमक जेसीजको साधारण सदस्यदेखि माथिल्लो तहका सबै जसो पदमा जिम्मेवारी सम्हालिसकेको छु । म निरन्तर जेसीजमा नै आवद्ध छु ।अन्य व्यवसायिक र सामाजिक संस्थाहरु पनि छन ति सबै संस्थाहरुसंग सहकार्यको भावना मात्रै राखेको छु । अन्य संस्थाहरुमा मैंले नेतृत्वको कुनै दाबी पनि गरेको छैन । मैंले हिजो शुरुवाती समयदेखिनै यही संस्थामा आफनो सक्रियता कायम राखेको कारण पनि मैंले दमक जेसीजको नेतृत्वका लागि इच्छा राखेको हुँ ।

    अर्को कुरा सन २०२० हामी सबैका लागि महामारीका बर्षका रुपमा रहन गयो । कोरोना महामारीका कारण गत बर्ष हामीले केही महत्वपूर्ण योजनाहरु अघि सारेर पनि पूरा गर्न सकेनौं । जस्तै दमक ८ मा जेसीजको तालिम केन्द्र भवन निर्माणको योजना छ । त्यसलाई पूरा गरिनु आवश्यक छ । त्यो योजना प्राथमिकतामा रहनेछ । जेसीजले मनाउने जेसीज सप्ताहमा पनि समयानूकुल प्रविधिसंग जोडिएर रचनात्मक कार्यक्रमहरु गर्ने सोच छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology