चुलाचुली रंगमञ्चकोे ८ औं बार्षिकोत्सव सम्पन्न


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, मंसिर ३०, २०७७


  • चुलाचुली,३० मंसिर । इलामको चुलाचुली रंगमञ्चले आफनो ८ औं बार्षिकोत्सव मनाएको छ । चुलाचुली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कालिदास भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।


    चुलाचुली ४ स्थित आइतबारेमा स्थापना गरिएको चुलाचुली रंगमञ्चले हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउदै आएको नाट्य संस्थाका अध्यक्ष हेमकुमार लिम्बूले वताए ।
    सो रंगमञ्चले ग्रामीण क्षेत्रमा रहेका रंगकर्मीहरुको प्रतिभालाई उजागर गर्न नाट्य गतिविधिहरु ग्रिआएको छ । बार्षिकोत्सव कार्यक्रममा कबि राजकुमार सुब्बा, पुष्प लोवा, हिमाल गँुरास सुब्बा, गायक केवि चेम्जोङ, रंगकर्मी सिजन दाहाल, समाजसेवी तथा राजनीतिक व्यक्तित्व नकु वान्तवा, शरण जबेगु र कलाकारहरुको उपस्थिति रहेको थियो ।
    बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष भट्टराईले गाउँमा नेपाली कला, साहित्यको विकासमा टेवा पुरयाँउन चुलाचुली रंगमञ्चले स्थायी रंगमञ्च घर निर्माणको लागि जग्गा तयार गरेमा ४० लाख सम्मको बजेट निकास गर्न पहल गर्न आफूले साथ दिने प्रतिवद्धता जनाएका थिए ।
    रंगमञ्चले यसअघि गतवर्षको ७ औं बार्षिकोत्सवमा भने श्रष्टा समेत रहेका मोरङ ,पथरीका पत्रकार भुपेन्द्र तिम्सिनालाई सम्मान गरेको थियो ।२०६५ सालमा स्थापना भएको सो नाट्य संस्थाले २०७० देखि २०७६ सम्म क्षेत्रिय, राष्ट्रिय र नेपाल अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा काम गरिसकेका छन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology