दमक,२७ कार्तिक । कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाको आज आफनो १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको नवनिर्मीत सभाहलमा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिएको सचिव भिष्मप्रसाद सिटौलाले वताए ।
सहकारीका पूर्व अध्यक्ष समेत रहेका कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले संस्थाको सञ्चालक समितिमार्फत प्रस्तुत प्रतिवेदन र लेखा समितिबाट प्रस्तुत प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।

सभामा सञ्चालक समितिका अध्यक्ष लालबहादुर विष्टले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा संयोजक युवराज कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष गोविन्द खनालले स्वागत मन्तव्य राखेको सभाको उद्घाटनमा चन्द्रदर्शन शाकोसका अध्यक्ष वालकृष्ण गौतम, यूनाईटेड शाकोसका अध्यक्ष ललित वान्तवा, हाम्रो सुरक्षा शाकोसका अध्यक्ष गोविन्द तिवारी, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिकी अध्यक्ष उषा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाको वन्दसत्रले गतवर्षसहित आर्थिक बर्ष २०७७ , ७८ का लागि प्रस्तावित नीति तथा कार्यक्रमहरु समेत पारित गरेको व्यवस्थापक तिलक कार्कीले जानकारी दिए ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष विष्ट
साधारणसभामा सहकारीले गतवर्ष उत्कृष्ठ कारोवारसंगै ज्येष्ठ नागरिक ,उत्कृष्ठ बाल बचत,उत्कृष्ठ भैसीपालन,उत्कृष्ठ कुखुरापालन, उत्कृष्ठ दुध उत्पादन किसान, उत्कृष्ठ तरकारी खेती,स्वच्छ दुध उत्पादन,नियमित दुध उत्पादन,ज्येष्ठ किसान चार दर्जन बढी शेयर सदस्यलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ठ हुने दुध उत्पादक किसानलाई दुध राख्ने ट्यांकी प्रदान गरिएको थियो । त्यस्तै, विभिन्न क्षेत्रका उत्कृष्ठ किसानहरुलाई कृषि औजारहरु प्रदान गरि पुरस्कृत गरेको थियो ।
कारोवारमा बृद्धि
महामारीका रुपमा फैलिएको कोरोना भाइरसको असरका बाबजुद सहकारीले उल्लेखीय प्रगति गर्न सफल भएको सञ्चालकहरुले वताएका छन् । संक्रमणको जोखिमका बाबजुद ऋणी शेयर सदस्यहरुलाई छुटसहित जोखिम नियन्त्रणका लागि सहयोग समेत पुरयाँउदै आएको अध्यक्ष विष्टले वताएका छन् ।
३० जना शेयर सदस्यहरुको ९० हजार शेयर पूंजीवाट शुरु भएको सहकारीमा हाल शेयर पूंजी २ करोड १६ लाख १२ हजार ८ सय पुगेको छ । त्यस्तै, जगेडा तथा अन्य कोषहरुमा १ करोड ५८ लाख २८ हजार ६ सय २९ , निक्षेप १२ करोड ७४ लाख ८८ हजार ३ सय ४५, ऋण लगानी ७ करोड ८७ लाख ३७ हजार ९ सय ६७ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, संस्थाले सोहि बर्ष २ करोड ७९ लाख ६१ हजार ३ सय ४५ आम्दानी गर्न सफल भएको छ भने २ करोड ३३ लाख ६४ हजार ५ सय ७९ खर्च भएको उल्लेख छ ।