
भीम केरुङ–भर्खरै वजारमा आएको ‘रातो भुइँ ’ पुस्तकका लेखक हुन् । दशैंको मुखमा सार्वजनिक गरिएको पुस्तकमा समाजको वास्तविकतासँगै राजनीतिका समसामयिक विषयवस्तुलाई प्रमुखताका साथ उठान गरिएको छ ।
२२६ पृष्ठ लामो पुस्तकले समाजसँगै राजनीतिलाई नजिकवाट चित्रण गर्न खोजेको पुस्तकका लेखक केरुङ बताउँछन् । समाजभित्रका नलेखिएका, नदेखिएका यथार्थतालाई जस्ताको त्यस्तै पुस्तकमार्फत उर्तान खोजिएको उनले जिकीर गरे । भन्छन् ,–‘पुस्तक समाजसँगै उत्पीडनमा परेका समुदायका लागि पठनीय छ ’ उनले पुस्तकमार्फत समाजको यथार्थतालाई उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
पुस्तक समाजका विषयसँगै राजनीतिक उत्पीडनमा परेका जाति, वर्ग, समुदायदेखि हिजोका भूपू सैनिकहरूसँग जोडिएका झोडाका मुद्धालगायत विभिन्न १० वटा अध्यायमा समेटिएका छन् । साहित्य, राजनीति, सामाजिक क्षेत्रमा संलग्न लेखक केरुङले पुस्तकअघि ‘मसंगै फुलेको फूल ’ कविता संग्रह बजारमा ल्याएका थिए ।
प्रस्तुत छ : कमल गाउँपालिका वडा नम्बर ७ मेमेङ् टोल निवासी लेखक केरुङसँग पुस्तकका बारेमा गरिएको कुराकानी ।
(१ ) भर्खरै बजारमा आएको ‘रातो भुइँु पुस्तक ल्याउनुभएको छ, यो कस्तो पुस्तक हो ?
यो पुस्तक सामाजिक, आर्थिक तथा राजनीतिक योद्धाहरूले अध्ययन गर्नुपर्ने प्रगतिशील पुस्तक हो । छोटकरीमा भन्ने हो भने यो पुस्तक शोषण, दमन तथा उत्पीडनमा परेका वर्ग र समुदायहरूको एउटा सकल प्रतिबिम्ब हो । यहाँ उनीहरूकै विषयलाई प्रमुखताका साथ उठाइएको छ, जुन राष्ट्रिय समस्या हो र पूर्णरूपले आजसम्म हल हुनसकेको छैन ।
(२ ) पुस्तक बजार तथा आम पाठकसम्म पुरयाँउन के गरिआउनुभएको छ ?
पस्तक गएको कात्तिक ५ गते सार्वजनिक भएको हो। झोडाका पहिलो पुस्ता तथा भूपू सैनिकका एक कुसल नेतृत्वकर्ता देउकुमार राईलाई पुस्तकका प्रकाशक गणेशप्रसाद लिम्बूले पुस्तक प्रदान गरेसँगै पुस्तक सार्वजनिक गरिएको छ । झोडाको सकिँदो पहिलो पुस्ताबाट पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको छ । केही अध्याय खोजमूलक भएकाले स्रोत व्यक्तिहरूलाई पुस्तक एकएकप्रति निःशुल्क प्रदान गर्ने र पाठक वर्गको हितका लागि सार्वजनिक पुस्तकालयहरूलाई केहीप्रति पनि निशुल्क प्रदान गर्ने कार्य भइरहेको छ । र, अब छिट्टै बिक्री केन्द्रहरू तोकिनेछन् । त्यस्ता विक्री केन्द्रहरू संस्थागत र व्यक्ति दुबै प्रकृतिका हुनसक्छन् ।

यो पुस्तक सामाजिक, आर्थिक तथा राजनीतिक योद्धाहरूले अध्ययन गर्नुपर्ने प्रगतिशील पुस्तक हो । छोटकरीमा भन्ने हो भने यो पुस्तक शोषण, दमन तथा उत्पीडनमा परेका वर्ग र समुदायहरूको एउटा सकल प्रतिबिम्ब हो । यहाँ उनीहरूकै विषयलाई प्रमुखताका साथ उठाइएको छ, जुन राष्ट्रिय समस्या हो र पूर्णरूपले आजसम्म हल हुनसकेको छैन ।
………………………………………………………………………………………………………………………………………………………..
(३ ) पुस्तकले के सन्देस दिन खोजेको हो ?
पुस्तकमा फरक फरक विषयका १० अध्यायहरू भएकोले फरकफरक नै सन्देश दिन खोजेको छ, तर प्रस्तुत केही विषयहरूबीच औचित्यमा सामीप्यता भएपनि पछिल्लो राजनीतिक परिवर्तनले समग्रमा जातीय, वर्गीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा सांस्कृतिक उत्पीडनमा परेका वर्ग र समुदायहरूको माग पूर्णरूपले सम्बोधन हुन सकेन । सुख, शान्ति र दिगो विकासका लागि सबै खाले शोषण, दमन तथा उत्पीडनको अन्त अपरिहार्य छ । समान अवसरबाट कोही वञ्चित नहोउन, पुस्तकले यो पनि सन्देश दिन खोजेको छ ।
(४ ) पुस्तकमा गाउँघरका विषयलाई उठान गर्नुभएको छ ? यो किन खाँचो महसुस गर्नुभयो ?
हामी सबैलाई थाहा छ, हामी अजम्बरी होइनौं । मानिस सर्वश्रेष्ठ चेतनशील प्राणी भएर पनि जीवन त्यतिलामो मलाई लाग्दैन तथापि अनेक आरोह अवरोह महसुस गरिन्छ । आफूले (मैले ) व्यतीत गरेको महत्वपूर्ण समय गाउँघरमै बित्यो । आफ्नै वरिपरि असंख्य विषयहरू हुन्छन, तीमध्ये कहिल्यै नलेखिएका केही विषयहरू पुस्तकमा राख्ने कोसिस गरेको छु । लालधोन्द्रा झोडाका भूपू सैनिकहरू , एउटा नलेखिएको इतिहास, सीतापुरी झोडाकाण्ड एक राजनीतिक स्वार्थ र विष्णुकठ्ठाका धिमाल जाति यी स्थानीय प्रकृतिका विषयहरू हुन् । सायद, यी विषयहरू इतिहासकै गर्भमा सीमित थिए ।
(५ )पुस्तकको बजारमा यस पुस्तकबाट के अपेक्षा गर्नुभएको छ ?
पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्ने परिपाटी हामीमा कम छ । सार्वजनिक पुस्तकालयहरूमा पनि पाठक कम भेटिन्छन । अर्कोतर्फ परिवर्तित समयसँगै अनलाइन अध्ययन गर्ने पाठकहरूको संख्या बढ्दै गएपनि यस्ता भौतिक पुस्तकहरूको महत्त्व कम भइसकेको भन्ने लाग्दैन मलाई । यो पहिलो संस्करणमा १००० प्रति छापिएको छ । एकसालभित्र पुस्तक बिक्री भइसक्ने अनुमान छ । संस्थागत सहयोगार्थका लागि मूल्यको केही अंश लिई बिक्री गरिदिने केही संस्था तयार भएपनि त्यो संख्यामा पुस्तक संख्या नभएकोले दिनसकिने अवस्था छैन ।
(६ ) पुस्तकका विषयवस्तुहरू कसरी छनौट गर्नुभयो ?
आफ्नै गाउँघरका केही विषयहरूसँगै यस कालखण्डकै सर्वाधिक महत्वपूर्ण र जल्दाबल्दा विषयहरू छनौट गरी पुस्तकको रूप दिएको छु । प्रत्येक विषयको छनौट, उदेश्य र औचित्य अगाडि नै पुष्टि गर्ने कोसिस गरेको छु । यतिमात्र नभएर यस पुस्तक लेखनका आधारभूत स्रोतहरूसमेत अन्तमा खुलाएको छु । प्राचीन मानव सभ्यता र चिहानबीचको सम्बन्ध ,पहिचानसहितको संघीयतामा मुलुक किन गएन ? भ्रम र यथार्थ, समाज रूपान्तरणको एउटा जटिलपक्ष जातीय भेदभाव तथा छुवाछत, सरकारी नोकरीमा आरक्षणको सवाल, भूमिसम्बन्धी ऐनहरूको विश्लेषण, किन विवादित बन्यो ? आदिवासी रंगशाला, भूमिसुधार असफल हुनुका लक्षणहरू जस्ता विषयहरू यस कालखण्डका कम महत्वका विषय होइनन् ।
(७)अन्त्यमा यस पुस्तक सम्बन्धी केही भन्नु छ की ?
अब त्यस्तो भन्नु त खासै केही छैन । हाम्रो समाजको स्वरूप, चरित्र र आधारस्तम्भ बुझ्नका लागि पुस्तक पढ्न पाठकवर्गमा अनुरोध गर्दछु । देश, समाज र राजनीतिप्रति चिन्ता, चासो र संलग्न जोकोही व्यक्तिका लागि पुस्तक पढ्नयोग्य छ । समाजको कमीकमजोरी औल्याएर राष्ट्रको समग िहतमा सहयोग पु¥याँउनु लेखकको अन्तिम उद्देश्य रहेको पनि यहाँमार्फत पाठकवर्गमा निवेदन गर्न चाहन्छु ।
साथै, पुस्तक रातो भुइँको बारेमा मलाई केही कुरा राख्ने अवसर प्रदान गर्नुभएको तपाईसहित तपाईको सञ्चार गृहलाई समेत धन्यवाद दिन चाहन्छु ।