वर्तमान राजनीतिक प्रणाली असफल भइसकेको छ : दिपक खरेल, नेता राप्रपा


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, कार्तिक ८, २०७७



  •  

    दिपक खरेल राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का युवा नेता हुन् । उनी झापाको राप्रपा जिल्ला समितिका सदस्य र कमल गाउँपालिका पार्टी परिचालन तथा अनुगमन समिति संयोजक पनि हुन् । प्रस्तुत छ : कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारेका स्थायी बासिन्दा समेत रहेका नेता खरेलसंग समसामयिक राजनीतिका विषयमा गरिएको कुराकानी –

    हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

    –खासगरी अहिले पार्टीको संगठन विस्तार र सामाजिक काममा नै व्यस्त छु । भर्खरै मात्र कमल गाउँपालिकाका सबै वडामा कार्यसमिति गठन गरिएको छ । त्यस पश्चात् संघीय संसदका सांसद राजेन्द्र लिङ्देनको उपस्थितिमा वडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन गरेका छौं ।

    संगठन विस्तारमा कमलका जनताको उपस्थिति कस्तो रह्यो ?

    –वास्तवमै भन्ने हो भने वर्तमान राजनीतिक प्रणालीले निम्त्याएको डरलाग्दो आर्थिक भार, भ्रष्टाचार र दण्डहिनताले आजित जनताहरुमा राप्रपाले लिएकै नीति ठीक रहेछ भन्ने भइसकेको रहेछ । भेला र कार्यक्रमहरुमा जनताको उपस्थिति उल्लेखनीय रह्यो । केही प्रगतिशील राजनीतिमा लागेका साथीहरु पनि राप्रपामा आउनुभएको छ । त्यसले हामीलाई बेग्लै ऊर्जा दिएको छ ।

    राप्रपा अब फेरि राष्ट्रिय पार्टी बन्छ त ?

    –राष्ट्रिय पार्टी होइन, अब हामी कति संगठन गर्न सक्छौं, त्यसमा भर पर्छ । संगठन राम्रो गर्न हो भने राप्रपाको भविष्य उज्जवल छ । जनताहरुले विस्तारै राप्रपालाई एउटा वैकल्पिक शक्तिको रुपमा स्वीकार्न थालिसकेका छन् । त्यसैले राप्रपा राष्ट्रिय पार्टी होइन, पहिलो दोश्रो पार्टी बन्छ भन्ने विश्वास छ ।

    मृतप्रायः भइसकेको हिन्दु राज्य र राजसंस्था फेरि फर्किएला भन्ने लाग्छ ?

    म तपाईलाई एउटा कुरा भनौं, राजनीतिक सत्ता र प्रणाली भन्ने कुरा सँधै एउटै रहिरहन्छ भन्ने होइन । जहाँसम्म हिन्दु राज्यको कुरा छ, त्यसको पक्षमा आम जनता छन् । अधिकांश हिन्दु धर्म मान्ने नै छन् । तर वर्तमान संविधान बनाउँदा उनीहरुको आमधारण नबुझिकनै धर्म जस्तो राष्ट्र र राष्ट्रियताको सवालमा लेनदेनका आधारमा निर्णय गरियो । त्यसैले यसका लागि जनमत संग्रह गनुर््पर्छ ।

    अब जहाँसम्म राजसंस्थाको कुरा छ, राजसंस्था फर्किन्छ कि फर्किदैन भन्ने प्रश्न महत्वपूर्ण होइन । आवश्यकता छ कि छैन भन्ने चाहीँ महत्वपूर्ण हो । राष्ट्रियता हिजो र आज कस्तो छ भन्ने तुलना गर्दा नै यो सबै प्रष्ट हुन्छ ।

    अन्त्यमा, तपाईलाई केही भन्नु केही छ कि ?

    – राप्रपाले शुरु देखिनै भन्दै आएको छ कि सानो भूगोल र थोरै जनसंख्या भएको नेपाल जस्तो मुलुकमा संघीयता जस्तो महंगो राजनीतिक प्रणाली अभिशाप हुन्छ । यो तथ्य दुई अढाई वर्षमै प्रमाणित भइसकेको छ । आज जनता महंगी, थेग्न नसक्ने कर विना काममा तलब खुवाउनका लागि तिर्न बाध्य भएका छन् । राज्य कोषको ८० प्रतिशत बजेट साधारण खर्चमा गएको छ । यसले वर्तमान राजनीतिक प्रणाली व्यवहारिक रुपमा असफल भइसकेको प्रमाणित गरिसकेको छ । राप्रपाले लिएको समधर्म समभाव सहितको हिन्दु राज्य, संवैधानिक राजसंस्था र स्थानीय स्वायत्त शासन अन्तर्गतको राजनीतिक प्रणाली नै नेपालको माटो सुहाउँदो राजनीतिक व्यवस्था हुनसक्छ । त्यसैले यी कुराहरुले जनतालाई कन्भिन्स गरेर संगठन विस्तार गर्ने कार्यमा राप्रपा लागिपरेको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology