आङथुपोकोे निर्देशनमा अन्जुलीमा राखे माया…….(भिडीयोसहित )


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, कार्तिक ८, २०७७


  • दमक,८ कार्तिक । सञ्चारकर्मी समेत रहेका सर्जक चेतन आङथुपोले म्यूजिक भिडीयो ल्याएका छन् । गायक हेमराज भट्टराई, संगीतकार मनोज साङसोन राईको संगीत र कवि तथा गजलकार राजकुमार सुब्बा अनिश्चितको शब्दमा रहेको गीत  “अन्जुलीमा राखे माया पोखिन्छ है, दिलमा राख भुइँमा झरे पाउले फेरि टेकिन्छ है, दिलमा राख”  बोलको गीतको म्युजिक भिडियो वजारमा ल्याएका हुन् ।
    चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलमार्फत हिजो एक कार्यक्रमका बीच भिडीयोको सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नातीले बाजेको अतिततिर लैजान्छ । नातीले बाजेलाई तपाईको उमेरमा तपाई कस्तो हुनुहुन्थ्यो ? बोजुसंग कस्तो प्रेम थियो ? भन्ने जिज्ञासालाई कलाकार बनेका राज फागोले कल्पनामा अभिनय मार्फत उतारेका छन् ।
    सो भिडियोमा समाजमा रहेको जातिय विभेद र अन्तरजातिय प्रेमका दृश्य हरुलाई भिडियो मार्फत देखाउन खोजिएको छ । उक्त म्युजिक भिडियोमा कलाकारहरु “सेवारो बाजे” बेव श्रृङखलामा बाजेको चरित्रमा अभिनय गर्दै आएका राज फागो र रमिता राईको मुख्य भुमिका रहेको भिडियोको छायाँङकन भने सञ्जय विश्वकर्माले गरेका हुन् ।
    नवराज घिमिरे निर्माता रहेको म्युजिक भिडियोको परिकल्पना तथा पटकथा, निर्देशक आङथुपोले तयार पारेका हुन भने, निर्देशन पनि आङथुपोले नै गरेका छन् ।
    चुलाचुली मिडियाको प्रस्तुती रहेको म्युजिक भिडियोमा मेकअप तारा योङहाङ, लाइटमा शिखर लाम्गादे, मनकुमार योङहाङ रहेको भिडियो चुलाचुली गाउँपालिकाको आसपासमा छायाँङकन गरिएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology