आभास शाकोसको अध्यक्षमा पुनः अधिकारी चुनिए


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, कार्तिक २, २०७७


  • कमल,२ कार्तिक । झापाको कमल गाँउपालिका वडा नम्बर ५ पाडाजुंगीस्थित आभाष बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः दिनेश अधिकारी चुनिएका छन् ।

    संस्थाको शनिवार सम्पन्न चौथो बार्षिक साधारणसभाबाट पुनः ४ बर्षे कार्यकालका लागि युवा व्यवसायी अधिकारीको अध्यक्षतामा सञ्चालक समिति चयन भएको हो ।

    सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा पदम बहादुर निरौला र सदस्यहरुमा नुनी लाल चौहान (निर्मल ) ,खिब लाल कुईकेल (रबिन ),राम प्रसाद सिग्देल,दुर्गा प्रसाद अधिकारी र मेनुका खड्का चुनिएका छन् ।
    यस्तै, हेम कुमार न्यौपानेको संयोजकत्वमा गोबिन्द प्रसाद चम्लागाई र पार्बता धिताल सदस्य रहेको लेखा समिति समेत सर्वसम्मत गठन गरिएको निर्वाचन समिति संयोजक कुमार प्रसाद भण्डारीले जानकारी दिए ।

     

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology