इजमको ‘मिक्वा’ गजल संग्रहको लोकार्पण


हाम्रो दमक
  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७


  • दमक,९ असोज । क्यान्सर रोगबाट ज्यान गुमाएका साहित्यकार भिम ईजम (लुङमाहिम काईंला ) को कृति ‘मिक्वा’ गजल संग्रहको आज यहाँ लोकार्पण गरिएको छ ।
    ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका घर भई मोरङको पथरीशनिश्चरेमा बस्दै आएका साहित्यकार ईजमको अन्तिम कृति गजल संग्रह मिक्वाको साहित्यकार देवी पन्थी र सुमित्रा वाङदेल चेलीले संयुक्त रुपमा लोकार्पण गरे ।


    टाँडी कुञ्ज परिवार मिक्लाजुङ मोरङको आयोजनामा भएको कार्यक्रममा साहित्यकारहरु विवस बलिभद्र कोईराला र सुन्दर कुरुपले गजलकार ईजमको कृति र व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
    जीवनको छोटो समयमै उत्कृष्ठ सृजनाहरु पस्किएका ईजमले जटिल रोगका कारण आफु मर्दैछु भन्ने थाहा पाउँदै गरेको अवस्थामा पनि लेखेका गजलहरु निक्कै मार्मिक भएको उनीहरुको टिप्पणी थियो ।
    टाँडी कुञ्जका अध्यक्ष गगन योक्पङदेनको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारहरु मञ्जु थेगिम, दिलिप सगर, लोकेन्द्र बन्जरा लगायतले गजल संग्रह मिक्वा भित्र रहेका गजलहरु वाचन गरेका थिए । लिटरेरी ग्रुप दमक, शब्दखिम धरमपुर, गजलघर दमक र मिक्लाजुङ साहित्य समाज मोरङ लगायतका साहित्यक संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको साहित्यकार राजकुमार सुब्बा (अनिश्चित ) ले जानकारी दिए ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology