विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट


हाम्रो दमक
  • प्रकाशित मिति : आइतवार, भदौ २१, २०७७


  • इलाम,२१ भदौ । पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले हिजो २०७७ भदौ २० गते भर्चुअल प्रविधिमार्फत कविता वाचन गरेका थिए ।

    विश्वका विभिन्न देशहरुमा रहेका इलामेली समाजहरुको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन इलाम विकास समाज काठमाडौंले गरेको थियो । कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

    कार्यक्रममा इलाम समाज प्रदेश न। १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्यक्रम संचालन गरेका थिए ।

    कार्यक्रममा धरणीप्रसाद गौतम, डम्बर पहाडी, प्राज्ञ नन्दु उप्रेती, दीपक गौतम, देवी पन्थी, गणेश पराजुली, विजेन्द्र गुरुङ, प्रकाश थाम्सुवाङ, डा। चूडामणि खनाल, रविन्द्र भट्टराई, ईश्वर श्रेष्ठ, टिका आत्रेय, सचित राई, द्रोण पराजुली, गङ्गा बस्नेत, शोभा घिमिरे, बालकुमारी घिमिरे, डा. सन्जिव सापकोटा, सागर सुवेदी, अशोक वान्तवा, सुलोचना कर्माचार्य, सागर सुवेदी, मुकुल कायस्त, प्रेमसागर चापागाईं, यादवप्रसाद अधिकारी, शकुन्तला भूषाल, आदिले आआफ्नो रचना वाचन गरेका थिए ।

    कार्यक्रममा समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुवेदी, मोहनभक्त राजलवट, प्रदीप घिमिरे, वसन्त खान, वसन्त वान्तवा, रविन लामा, जानकी प्रधान, अन्जना दुवे, जनक सिह, मोहन सुवेदी, गङगाप्रसाद श्रेष्ठ, तिलोत्तमा खत्री, यशोदा कायस्त, जितेन्द्र बस्नेत, सकुन खत्री आदिको उपस्थिति रहेको थियो भने कार्यक्रम ३ घन्टा बढी चलेको थियो ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology