झापाका युवाहरु लघु उद्यमतर्फ आर्कषित


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, भदौ २०, २०७७


  • दमक,२० भदौ । झापाका युवाहरु विभिन्न लघु उद्यमतर्फ आर्कषित भएका छन् । विदेशबाट फर्किएका तथा आफनै ठाँउमा स्वरोजगार वन्ने अभिप्रायले पछिल्ला बर्ष कृषि तथा अन्य लघु उद्यमतर्फ आर्कषित भएका हुन् ।
    उद्यम गर्न वित्तीय संस्था तथा स्थानीय तहहरुले समेत प्रोत्साहित गरिआएका कारणले गर्दा पनि यहाँका युवा उद्यमीहरुले व्यवसायिक उद्यम गर्न थालेका हुन् ।
    यसैक्रममा दमकका ४ जना युवाहरु मिलेर सर्फ, साबुन उद्योग शुरु गरेका छन् । बिभिन्न पेशामा संलग्न युवाहरुले आफनै ठाँउमा सगरमाथा बहुउद्देश्यीय उद्योग शुरु गरेका हुन् ।


    दमक ४ स्थित मालपोत कार्यालय नजिकै रु १ करोडको लगानीमा उद्योग स्थापना गरि सञ्चालनमा ल्याएका हुन् । उद्योगले लुगा तथा भाडा माछ्ने सर्फ, भाडा माझ्ने तरल साबुन, हरपिक, फिनेल, गाडी धुने लिक्वीड जस्ता उपभोग्य सामाग्रीहरु उत्पादन गर्ने सञ्चालक लक्ष्मी अधिकारीले बताए ।
    स्थानीय युवालाई रोजगारी र स्थानीय उत्पादनलाई प्रोहत्सान गर्न उद्देश्यले आफनै ठाँउमा उद्यम शुरु गरिएको अर्का सञ्चालक नारायण मुर्मुले वताए । उनले रोजगारीका लागि विदेश त्यागेर स्वदेशमा नै उद्यम गर्न साथीहरु मिलेर यस्तो व्यवसायिक उद्यम शुरु गरेको वताएका छन् । केहि दिन भित्र नै उद्योगले उत्पादन शुरु गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।
    यसैगरि जिल्लाकै कमल गाँउपालिका वडा न ५ का केही युवाहरूले पापड उद्योग शुरू गरेका छन् । स्थानीय युवा र एकल महिला गरि ५ जना मिलेर स्वादिष्ट खाद्यान्न उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगले दशै अगाडि नै आफ्नो उत्पादन बजारमा ल्याउने गरि उद्योगमा धमाधम काम भईरहेको सञ्चालक राम थापाले बताए ।
    उद्योगमा कोरियावाट फर्किएका युवाहरु संलग्न छन् । कोरियामा सिकेको सीपलाई स्थानीय ठाउँमा उपयोग गर्न र स्थानीय स्तरमा रोजगारी बढाउने उद्देश्यले उद्योग खोलिएको अर्का सञ्चालक युवा कमल ओझाले बताए । त्यस उद्योगले मुगदाल , उरठ दाल ,भुजिया ,पापड आफनै कच्चा पदार्थवाट उत्पादन गर्ने उनले वताए ।
    उनका अनुसार अहिले पनि बजारमा भारतीय पापडले बजार ओगटेको र त्यसलाई निरुत्साहित गर्न आफनै ठाँउबाट त्यहि गुणस्तरमा त्यस्ता खाद्यान्नहरु उत्पादन गर्न सकिने छ । एकल महिला सितादेवी ओझासहितका उद्यमीहरुको उद्योगमा प्रारम्भमा रु ३० लाखको लगानी रहेको छ । उद्योगको आफनै भवन वनाउन आवश्यक संरचनाको निर्माण कार्य धमाधम गरिरहेको छ । दैनिक ५ हजार प्याकेट पापड उत्पादन गरेर बजारसम्म पु¥याँउने लक्ष्य राखेर सुरु गरिएको उद्योगले स्थानीय बजार हुँदै आफ्ना उत्पादन देशैभरिसम्म निर्यात गर्न सकिने सञ्चालकको विश्वास छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology