काठमाडौं, ३२ साउन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।आज राति १२ बजेदेखि लागू हुनेगरी ती पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँका दरले बढाएको निगमले जनाएको छ ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ।
भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गराउने निर्णय गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।