मेची सहकारीले करिव ९५ लाख कर बुझायो


हाम्रो दमक
  • प्रकाशित मिति : बुधबार, साउन २८, २०७७


  • दमक,२८ साउन । झापाको दमक ६ स्थित मेची सहकारी संस्थाले करिव रु ९५ रुपैया राज्यलाई कर वुझाएको छ । गत आर्थिक बर्ष २०७६,०७७ मा संस्थाले विभिन्न करमा रु ९४ लाख ५४ हजार ६ सय ५३ रुपैया बुझाएको व्यवस्थापक खोम प्रसाद वगालेले वताए । माइपश्चिमबाट मेचीले मात्र राज्यलाई यतिका परिणाममा कर वुझाएको हो ।
    उनका अनुसार मेचीले सवैभन्दा बढी व्याज करमा रु ५३ लाख ४७ हजार ३ सय ५८ ,आयकरमा रु ३२ लाख १० हजार ९ सय ६७ रुपैया, कर्मचारी पारिश्रमिक करमा रु २ लाख ५४ हजार २ सय ५३ , सञ्चालक समिति बैठक करमा रु १ लाख ६५ हजार ३ सय ७५ र साधारणसभाको पारिश्रमिक करमार्फत रु ४ लाख ७६ हजार ७ सय रुपैया राज्यलाई बुझाइएको उनले वताएका छन् ।
    संस्थाले गत बर्षमा रु ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल गरेको छ भने चालु वर्षमा रु ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने समेत लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले वताए ।
    यसैगरि सहकारीले कोरोना राहत कोषमा रु ४ लाख ३ हजार ३ सय ३३ रुपैया, दैविक विपत्तिमा रु ८० हजार समेत उपलव्ध गराएको थियो । प्रधान कार्यालय दमक रहेको सो सहकारीले आफना शेयर सदस्यहरुको सुविधाका लागि झापाको कमल गाँउपालिका, मोरङको उर्लावारी र मिक्लाजुङ गाँउपालिकास्थित मधुमल्ला वजारमा सेवा केन्द्र सञ्चालनमा छ । २४ बर्ष अघि स्थापना भएको सो संस्थाको हाल शेयर पूंजी रु २१ करोड ७८ लाख ३२ हजार ५ सय ,कोषहरुमा रु १२ करोड ६ लाख ८१ ह्जार ३ सय १३,निक्षेपमा रु १ अर्व ४१ करोड ३७ लाख ७८ हजार ८ सय ५८ ,कर्जा सापटी रु १७ करोड ९६ लाख ५९ हजार ३ सय ४८ र वासलात रु १ अर्व ९३ करोड ३९ लाख ४१ ह्जार ९ सय ५९ रहेको जनाईएको छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology