अन्तराष्ट्रिय लिम्बू टिकटकको उपाधि युनिशालाई


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, असार १६, २०७७


  • दमक, १६ असार । अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको उपाधि इलाम, माङ्सेबुङ् निवासी युनिशा साँबाले जितेकी छन् । हिजो सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा उनले उपाधिसंगै नगद २० हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।
    हङकङमा रहेर नेपाली कला संस्कृतिका अभियन्ताका रुपमा चिनिएका फुलेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा आयोजित प्रतियोगितामा धरान–१० की हाङ्सु आङबुहाङ् दोश्रो र झापा,शिवसताक्षीका समिर जवेगुको समूह तृतीय भएको थियो । दोश्रो र तेश्रो प्रतियोगिले नगद १० हजार र ७ हजार ५ सय रुपैया हात पारेका छन् । सान्त्वना पुरस्कार प्राप्त गर्ने मिक्लाजुङ्, पाँचथरका ओसिन आङ्देम्बे लिम्बुको समूहले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


    त्यसैगरी जुरी तर्फ ३ वटा समूहहरु लिम्बू ब्वाईज ग्रुप, भारत, सिक्किमलाई सर्वोत्कृष्ट टिकटक नृत्य, दिलमाया पन्धाक लिम्बू समूह बुद्धशान्ति झापालाई सर्वोत्कृष्ट कोरियोग्राफी र तुलसा नेम्बाङको समूह पथरीशनिश्चरे, मोरङ्लाई सर्वोत्कष्ट टिकटक भिडियो घोषणा गरी प्रत्येक समूहलाई १० हजार रुपैयाँ र तेह्रथुमे ढाका बुटिक नखिपोट ललितपुरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
    लिम्बू कलासंस्कृतिलाई जगेर्ना गर्न उद्देश्यले कोरोना कहरसँगै गरिएको लकडाउनमा संसारभरका लिम्बू गीत,संस्कृतिलाई प्रचारप्रसार गराउने अभिप्रायले दुई महीनादेखि अनलाइन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
    फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट सञ्चालन गरिएको टिकटक प्रतियोगिता टिकटिक प्रतियोगितालाई प्रोत्साहन गर्न विभिन्न व्यक्तित्वहरुले नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्रायोजन गरेका आयोजक इम्बुङ्ले बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न बेलायतमा कार्यरत नेम खापुङ् र एनजे माबोहाङ्बाट ५९ हजार रुपैयाँ प्राप्त भएको थियो । तेह्रथुमे ढाका बुटिकबाट मायाको चिनो, त्यसैगरी इजरायलबाट नुमा काङ्भा र आईतरानी फाउण्डेशनका गायक र संगीताकार सुजन तिगेला र हङकङमा कार्यरत चिना वनेमद्वारा गैर लिम्बू प्रतियोगिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
    लिम्बू भाषा, संस्कृतिको जगेर्नासँगै सांस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्दै शुरु गरिएको प्रथम अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताले संसारभर छरिएर रहेका भाषाप्रेमीहरुलाई सामाजिक संजाल मार्फत भेट्ने अवसर मिलेको कलाकार तथा निर्देशक समेत रहेका आयोजक इम्बुङले बताएका छन् । प्रतियोगितामा ५ सय भन्दा धेरै टिकटकहरु मध्येबाट १ सय ७५ वटा टिकटकहरु अपलोड् गरिएको थियो । टिकटक अपलोड भएको १ महिना अवधिमा सबैभन्दा धेरै लाईक, सेयर र भ्यूज पाउने भिडियो नै विजेता बनेका हुन् ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology