दमक,१५ फागुन । दमक,१५ फागुन । रोजगारीका लागि वेलायतमा बस्दैआएकी झापा, दमक ८ की गीतकार शान्ता केरुङ्गले लिम्बु जातिको संस्कृतिमूलक ‘नु मुइङ केसाम’(आर्शिवाद ) गीत वजारमा ल्याएकी छन् । लिम्बु जातिको विवाह संस्कार ,संस्कृतिलाई चित्रण गराउने उद्देश्यले सो म्यूजिक भिडीयो ल्याएकी हुन् ।
सो गीति म्यूजिक भिडीयो आज लिम्बु कल्चरल यूनाइटी अफिसियल यूट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको गीतकार केरुङ्गले वताईन् । ३६ मिनेट लामो गीतको म्यूजिक भिडीयोमा दिप केरुङ,संगीता लावती लगायतको अभिनय रहेको छ । दिलीप फोरुम्बोको निर्देशनमा वनेको म्यूजिक भिडीयो संगीतप्रेमी दर्शकहरुले मन पराई दिनु हुनेमा गीतकार केरुङ्ग आशावादी छिन् । लिम्बु गीत ,संगीतका क्षेत्रमा संघर्षरत केरुङ्गले यसअघि पनि लिम्बु गीतका म्यूजिक भिडीयोहरु ल्याईसकेकी छन् ।
विशेषत लिम्बु जातिको कला,संस्कृतिमा आर्कषित गीतकार केरुङ्गले नेपाली गीत पनि थोरवहुत कलम चलाउदै आएकी छिन् । नेपाली भन्दा आफनै कला संस्कृतिमा सृजना खोज्न मनपराउने उनले गीत लेखनलाई कहिल्यै नरोक्ने विचारमा छिन् । जानी नजानी गीत लेखनमा हौसिएका उनको गीतमा आफनो धर्म,कला,संस्कृतिसंगै माया प्रेमलाई यथार्थ चित्रण गरिआएको पाईने निर्देशक फोरुम्बोको भनाई छ । ‘गीतकार शान्ताको गीतहरुमा मानवीय यथार्थ कला पाईन्छ’ निर्देशक फोरुम्बोले वताए ।
https://www.youtube.com/watch?v=Y6QkvJoi1BY&feature=share&fbclid=IwAR3I_5GYkBak6Flj3GqG_B_8h