बसन्तले बहार ल्याए जीन्दगीमा (भिडियो सहित)


हाम्रो दमक
  • प्रकाशित मिति : शनिबार, कार्तिक २, २०७६


  • बिर्तामोड , कार्तिक १ । उदियमान गायक बसन्त लामाले आफ्नो जीन्दगी सार्बजनिक गरेका छन् । उनले आफ्नो पहिलो साङ्गितिक कोशेली जीन्दगीमा बोलको गित मार्फत ओ एस आर डिजिटिल मार्फत सार्बजनिक गरेका हुन् । गायक लामाको पहिलो कोशेली भएपनि झट्ट सुन्दा लाग्छ उनले यो भन्दा पहिले धेरै गित गाइसकेको अनुभुति गर्न सकिन्छ । लामालाई हालका चर्चित गायक तथा संगीतकार तारावीर पाण्डेले निकै निखारेर प्रस्तुत गरेका छन् ।

    चर्चित मोडल तथा सञ्चारकर्मी मधु न्यौपाको शब्द रहेको गितमा सुन्दर लावतीले निर्देशन गरेका छन् भने तिलक रिजालको छायाङ्कन रहेको उक्त गितलाई गायक तथा संगीतकार पाण्डेले संगीत भरेका छन् ।

    भिडियोमा नवमोडलहरु ओम शाह, तश्मिना आचार्य र पी के चौधरीको बेजोड अभिनय देख्न सकिन्छ । झापाका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा प्रेमीप्रेमीका बिच कुनै पनि शङ्काका कारण सम्बन्धमा फाटो नआओस भन्ने सन्देश दिन खोजिएको गितकार समेत रहेका मधु न्यौपानेले बताए ।

    म्यूजिक भिडियो सार्बजनिक भए लगत्तै धेरै राम्रो प्रतिक्रिया साथै अन्य थुप्रै गितहरुमा काम गर्ने अवसर आइरहेको गितका मोडल ओम शाह र तश्मिना आचार्यले बताए । भिडियो निर्माणमा सहयोग र साथ दिने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै गायक बशन्तले दर्शक र गीत सङ्गीतप्रेमीबिच चाँडै अन्य गित सङ्गीत लिएर आउने बताएका छन् ।

    .

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology