मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ


हाम्रो दमक
  • प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६


  • झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो ।

    त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा जोड्न पुग्छन् उनीहरू । इमोमा माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाल्छन् । त्यसपछि उनीहरू अश्लील भिडियो कल पनि गर्न पुग्छन् । उनीहरूको विश्वास यति छिटो बढेर जान्छ कि त्यो कसैले कल्पना समेत गर्न सक्दैन । एक अर्का बिचको विश्व सकै बिच उनीहरूमा भेट्ने कुरा हुन्छ । केटीले फोन गरेर व्यवसायीलाई आफू बिर्तामोडको भद्रपुररोड आइपुगेको जानकारी गराए लगत्तै व्यवसायी त्यहाँ पुग्छन् । करिब १९ वर्षकी ती युवती देखेपछि मक्ख परेका व्यवसायीले होटेल जाने प्रस्ताव गर्छन् ।

    किशोरीले होटेलमा असुरक्षा हुने भन्दै साथीको कोठामा जान प्रस्ताव गर्छिन् । दुवै साथीको कोठामा पुग्दा त्यहाँ कोही हुँदैनन् । उनीहरू चुकुल लगाएर कोठामा बसेका हुन्छन् । नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँ छन् । ढोका खोल्दा हातमा छुरा बोकेका युवाले दुवै जनालाई गाली गर्नुका साथै कुटपिट गर्न थाल्छ । सञ्जय क्षेत्री भनिने सुजन शंकरले हातमा छुरा बोकेका हुन्छन् उनले ती व्यवसायीलाई एउटा नम्बर दिन्छन् र फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान नामका व्यक्ति त्यहाँ पुग्छन् । सुजनले हातमा छुरा बोकेर तीनै जनालाई गाली गर्दै मिराजलाई केटीलाई छाडिदिन आदेश दिन्छ ।

    मिराज किशोरीको साथमा जान्छन् र उनलाई सुरक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाउँमा पुग्छन् । त्यस बेलासम्ममा शंकरले ती व्यवसायीको नाङ्गो भिडियो तयार गरिसकेका थिए । दुवै जनालाई राखेर शंकरले ५० लाख रुपैयाँको माग गर्छन् । पैसा नदिए भिडियो सार्वजनिक गर्नुका साथै लास गायब बनाउने धम्की दिन्छन् ।

    त्यस बेला मिराजले ५० लाख दिन नसक्ने भन्दै ४० लाख रुपैयाँमा मन्जुरी जनाउन व्यवसायीलाई आग्रह गर्छन् । सोही अनुसार साउन ५ गते आइतबारभित्र ४० लाख दिने सहमति गरेर उनीहरू त्यहाँबाट निस्किन्छन् ।

    नाटकीय शैलीमा फसेका व्यवसायीको भोक निन्द्रा हराउँछ । त्यसको भोलि पल्टबाट व्यवसायीलाई रकम के हुँदैछ भन्ने फोनहरू लगातार आउन थाल्छ । मिराजले आफूलाई पनि फोन आएको भन्दै व्यवसायीलाई रकम छिटो तयार गर्न आग्रह गर्छन् । समय नजिकिएसँगै आत्महत्यासम्मको सोच बनाएका ती व्यवसायी इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर सबै घटना विवरण सुनाउँछन् । यो घटना थाहा पाए लगत्तै पूर्वाञ्चलकर्मीले यो विषयमा निरन्तर निगरानी गरिरहेका थिए ।

    त्यस लगत्तै प्रहरीले सक्रियताका साथ अनुसन्धान अघि बढाउँछ । आइतबार रकम नदिए लास गायब बनाउने धम्कीपछि प्रहरीलाई उनको सुरक्षा पनि जरुरी थियो भने अपराधी पक्राउ गर्नुपर्ने दायित्व पनि । आइटी सम्बन्धी राम्रो ज्ञान भएका इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले सक्रियताका साथ अनुसन्धानलाई अघि बढाए ।

    प्रहरीले व्यवसायीलाई फोन आएका नम्बरहरूमा अनुसन्धान गर्दा सफलता हासिल नगरेपछि मिराजलाई निगरानी बढायो । त्यस लगत्तै प्रहरीले सफलता हासिल ग¥यो । प्रहरीले साउन ४ गते शनिवार ४ बजे चारआलीबाट मिराजलाई पक्राउ ग¥यो । मिराजसँंगै रहेका शङ्कर र उनका एक सहयोगीलाई पनि प्रहरीले एकै स्थानबाट पक्राउ गर्न सफल भयो । लगत्तै किशोरीको खोजी सुरु गरेको प्रहरीले इलाम घर भएकी किशोरीलाई बिर्तामोडबाटै पक्राउ ग¥यो ।

    ती युवती शंकरकी प्रेमीका रहेको खुलेको प्रहरी स्रोतले बताएको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै व्यवसायीहरूलाई फसाउन सक्रिय समूहलाई प्रहरीले पक्राउ गरेर सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । यो विषयमा प्रहरीले कुनै आधिकारिक जानकारी नगराए पनि पत्रकार सम्मेलन मार्फत सबै घटना सार्वजनिक गर्ने जनाएको छ । अनुसन्धान जारी रहेकाले अहिले सबै विषय खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

    सामाजिक सञ्जालको प्रयोग गरेर छिट्टै विश्वास गर्दा धेरैको जीवन बर्बाद भएको छ भने केहीले आत्म हत्यासम्मको बाटो रोज्ने गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन् । सामाजिक सञ्जालमा युवतीको प्रयोग गरेर रकम असुली गर्ने यो घटना झापा जिल्लकै पहिलो हुन सक्ने प्रहरी स्रोतले बतायो ।

    स्रोतका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–४ का मिराज खान, इलाम घर भई हाल बिर्तामोड–२ मा बस्दै आएकी ऋतु फियाक लिम्बु, भारत पश्चिम बङ्गाल, जिल्ला दार्जिलिङका सञ्जय क्षेत्री भनिने सुजन शङ्कर र बिर्तामोड– ४ का प्रकाश दास रहेका छन् ।

    उनीहरूका साथबाट प्रहरीले एक थान कार, लागू औषध, नक्कली पेस्तोल समेत बरामद गरेको बताइएको छ । उनीहरूले सङ्गठित रूपमा यसरी विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गरेको स्रोतको दाबी छ । उनीहरूलाई पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले समेत सहयोग पु¥याएको बताइएको छ । आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology