फाल्गुनन्द शाकोसको विर्तामोडमा सेवा केन्द्र

दमक,१७ जेठ । झापाको दमक ६ स्थित लिङदेन मार्गमा रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।  विर्तामोड ५ मा आज एक कार्यक्रम गरि संस्थाले आफनो पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सेवा केन्द्रको विर्तामोड ५ का वडाअध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरे । सेवा केन्द्र उद्घाटनका क्रममा वडाध्यक्ष लिङ्देनले बचत तथा ऋणको कारोवारसंगै समाजका अन्य क्षेत्रमा पनि...

...विस्तृतमा पढ्नुहोस्

एक्सेल बैंकको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन

विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लि. ले आज विर्तामोडमा एक समारोह बिच दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेको छ । प्रशिक्षणको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले गर्नु भएको हो । प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत पोखरेलका साथै सम्बन्धित विभाग प्रमुखहरुले दिनु हुनेछ । बैंकले पछिल्लो समय कर्मचारीको बृत्ती विकासका लागी लगातार साप्ताहिक रुपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । यसअघि पनि बैंकले जेष्ठ...

...विस्तृतमा पढ्नुहोस्

यस्ता छन् बजेटले गरेको व्यवस्था, मुख्य तय यी कुराहरु समेटियो

काठमाडौं | संघिय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन भएको छ । जसमा विनियोजन तर्फ १ खर्ब...

...विस्तृतमा पढ्नुहोस्

बजेट मार्फत सांसदहरुको भागमा ६ करोड रुपैयाँ

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् । ...

...विस्तृतमा पढ्नुहोस्

कर्मचारीहरुको पनि तलब बढ्यो

काठमाडाैँ । सरकारले कर्मचारीहरुको पनि तलव बढाएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरि सरकारी कर्मचारीहरुको तलब बढेको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बडाएको बताएका हुन् । वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ ।...

...विस्तृतमा पढ्नुहोस्

रेलमार्ग विस्तारका लागि ७ अर्ब ७० करोड बजेट, २ वर्षभित्र काम शुरू

काठमाडौं | रेलमार्ग विस्तारका लागि सरकारले ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट विनियोजनको घोषणा गरेका हुन् । रेलमार्गको पूर्वाधार विकासमा जोड दिने भन्दै पूर्वपश्चिम उत्तर दक्षिण रेल सञ्जाल तथा काठमाडौंलाई भारत र चीनसँग जोड्ने रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी आगामी २ वर्षभित्र काम...

...विस्तृतमा पढ्नुहोस्

वृद्धभत्ता मासिक एक हजारका दरले वृद्धि, २०७६/२०७७ बजेट प्रस्तुत लाइभ

काठमाडौ, १५ जेठ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६/२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गरेका छन् । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा खतिवडाले...

...विस्तृतमा पढ्नुहोस्

एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच सम्झौता

भुपेन्द्र अधिकारी विर्तामोड | एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच हिजो आइतबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हिजो (आइतबार) बैंकास्योरेन्ससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोखरेल, कम्पनी सचिव श्याम बहादुर बोहोरा र अपरेसन प्रमुख सुमन लामिछानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ...

...विस्तृतमा पढ्नुहोस्

अर्जुनधारा धाममा निःशुल्क रात्रीकालीन भोजन खान पाईने

बिर्तामोड। पूर्वको पशुपति नाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीहरुका लागि रात्रीकालीन निःशुल्क भोजन सुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रीकालीन भोजन सुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए । उनले अर्जुनधारा नगरपालिका भित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो’, कोषाध्यक्ष जोशीले भने,...

...विस्तृतमा पढ्नुहोस्

इलाम उवासंघमा फराकिलो मतान्तरसहित प्रजातान्त्रिक प्यानल विजयी

इलाम,२९ बैशाख । इलाम उद्योग वाणिज्य संघ इलाममा नेपाली कांग्रेस निकटका प्रजातान्त्रिक प्यानल फराकिलो मतान्तरसहित विजयी बनेको छ । हिजो सम्पन्न संघको आठौं अधिवेशनको निर्वाचनबाट नेकपा निकट प्रगतिशील प्यानललाई हराउदै प्रजातान्त्रिक प्यानलको बिजयी भएको हो । मतगणनाको सुरुवातदेखि अग्रता लिएको प्रजातान्त्रिक प्यानलले निरन्तर अग्रता कायम राखी बिजयी बनेको हो । निर्वाचनबाट अध्यक्षमा प्रजातान्त्रिक प्यानलका इश्वर चिपालुले ६३४ ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी प्रगतिशीलका देवेन्द्र...

...विस्तृतमा पढ्नुहोस्