सावधान ! हेडफोनले मानिस बहिरोपनको शिकार


हाम्रो दमक
  • प्रकाशित मिति : सोमवार, असार १३, २०७९


  • फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ। उनीहरु क्रमशः बाहिरोपनको शिकार भइरहेका छन्। अर्थात्, यहाँको २५ प्रतिशत जनसंख्या यसबाट प्रभावित भइरहेका छन्।

    डिप्रेशन र हल्लाका कारण मानिसहरु भइरहेछन् बहिरोपनको शिकार

    फ्रान्समा पहिलो पटक यस्तो खालको व्यापक अनुसन्धान गरिएको हो। यसमा १८ देखि ७५ वर्षको उमेरका १,८६,४६० व्यक्तिलाई समावेश गरिएको थियो। अनुसन्धानकर्ताले सुरुमा सानो परिमाणमा अनुसन्धान गरिएको स्वीकार्दै यसपटक गरिएको अनुसन्धान अनुसार मानिसहरुमा श्रवण शक्ति गुम्नुका कारणमा जीवनशैली, सोसल आइसोलेशन वा डिप्रेशन अथवा ठूलो आवाजको सम्पर्कमा आएका कारण भइरहेको जानकारी दिए।

    सन् २०५० सम्म २५० करोड मानिसको श्रवण शक्ति गुम्ने खतरा

    अनुसन्धानमा पाइए अनुसार केही मानिसको सुगर वा डिप्रेशनका कारण श्रवण शक्ति गुमिरहेको छ। यस्तै केही मानिसहरुलाई एक्लोपन, शहरको कोलाहल र हेडफोनको प्रयोगका कारण यस्तो समस्या भइरहेको छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी लगभग १५० करोड मानिसमा कुनै न कुनै रुपमा श्रवण सम्बन्धि समस्या देखिएको छ। यो संख्या सन् २०५० सम्म बढेर २५० करोड हुने सम्भावना छ। त्यसैले यसलाई स्वास्थ्य समस्याको रुपमा हेरिएको छ।

    फ्रान्समा ३७ प्रतिशत मानिसले मात्रै गर्छन् ‘हियरिङ एड’ (श्रवण यन्त्र) को प्रयोग

    फ्रान्समा ३७ प्रतिशत मानिसले मात्रै ‘हियरिङ एड’ को प्रयोग गर्छन्। धुम्रपान गर्ने मानिस र उच्च बडी मास इन्डेक्स (बीएमआई) भएका मानिसले पनि हियरिङ एडको कमै प्रयोग गरिरहेका छन्। बढ्दो समस्यालाई मध्यनजर गर्दै पछिल्लो वर्ष फ्रान्सको स्वास्थ्य विभागले निःशुल्क श्रवण यन्त्र उपलब्ध गराएको थियो। श्रवण यन्त्रका लागि बीमाको प्रावधान पनि लागू गरिएको छ। एजेन्सी

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology