झापामा कोरोना संक्रमण दर बढ्दै

थप ३ सय ३२ जनामा संक्रमण पुष्टि


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७


  • दमक,२६ चैत । झापामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड– ४ की १८ वर्षिया एक युवती र अर्जुनधारा – ८ का १५ वर्षिय एक किशोरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

     

    बिर्तामोडकी ती युवती भारतबाट फर्केको जनाइएको छ । दोस्रो चरणमा झापामा कोरोना संक्रमणको दर बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । हिजो दमकका एक बृद्धमा संक्रमण देखिएको थियो । आज संक्रमित दुईसहित जम्मा संक्रमितको संख्या ४६ सय ३८ पुगेको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९४ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा मृत्यु हुनेको संख्या १२८ पुगेको छ ।
    थप ३ सय ३२ जनामा संक्रमण पुष्टि
    देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

    बिहिवारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७९ हजार १०० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय ८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ ।

    अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइशोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology