कोरोनाबाट झापामा एक महिलाको मृत्यु्


हाम्रो दमक
  • प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७


  • झापा,१२ चैत । झापा जिल्लाको कन्काइ नगरपालिका ३ सुरुङ्गामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ । मण्डल थरकी एक ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार बिहान ज्यान गएको हो ।

    सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे ज्यान गएको हो। १० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिएका छन् ।

    भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो।उपचारका क्रममा उक्त महिलामा कोरोना पुष्टि भए सँगै थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो। उपचारकै क्रममा कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको हो।

    यसमा तपाइको मत


    सम्बन्धित समाचार


    भर्खरै


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक–
    सह सम्पादक–
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स–
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया],

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    infohamrodamak@gmail.com


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology